सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentसमाचारबालमन छुने कथा सङ्ग्रह `बेलबहादुरकाे बिहे´काे तेस्रो संस्करण बजारमा

बालमन छुने कथा सङ्ग्रह `बेलबहादुरकाे बिहे´काे तेस्रो संस्करण बजारमा

काठमाडौं । बालमनको कोमल संसारमा संस्कार र कल्पनाको रंग भर्ने कथाकार जितेन्द्र रसिकको चर्चित बालकथा ‘बेलबहादुरसँग बिहे’ फेरि एकपटक पाठकसम्म आइपुगेको छ।

पाठकको निरन्तर माया र मागसँगै उक्त कृतिको तेस्रो संस्करण बजारमा आएको हो। नेवारी समुदायको अनौठो तर सांस्कृतिक परम्परा ‘इहि’ लाई कथाको केन्द्रमा राख्दै रसिकलेबेल´ फललाई ‘बेलबहादुर’को रूपमा जीवन्त पात्र बनाएका छन्।

बालबालिकाको जिज्ञासा, डर, रमाइलोपन र संस्कारसँगको पहिलो साक्षात्कारलाई कथाले सरल तर भावनात्मक भाषामा चित्रण गर्छ। संस्कारलाई कथाकार रसिकले कथा बनाएका छन् । कथा पढ्दै गर्दा उपदेश होइन, अनुभूति बढी भेटिन्छ ।

लेखक रसिकका अनुसार कथाका ‘बेलबहादुर’ पात्रमात्र नभई संस्कारसँग जोडिएको जीवन दर्शन हो। `बालकथामा पनि संस्कृतिको वैज्ञानिक र मानवीय पक्ष बोल्न सक्छ,” भन्ने सन्देश कथामा लुकेको छ।

प्रकाशक एजुकेशनल पब्लिसिङ हाउसका सञ्चालक अञ्जन श्रेष्ठले पुस्तकको संवादात्मक शैलीले बालपाठकलाई कथा पढ्दा चलचित्र हेरेझैँ अनुभूति गराउने बताए। संस्कार, संस्कृतिलाई भय वा जटिलताको रूपमा होइन, रमाइलो र आत्मीय ढंगले बुझाउन सक्नु नै यस कृतिको बलियो पक्ष भएको उनको भनाइ छ।

पहिलो र दोस्रो संस्करणको सकारात्मक प्रतिक्रियापछि तेस्रो संस्करण प्रकाशन गरिएको यो कृतिको मूल्य २४५ रुपैयाँ तोकिएको छ। हालसम्म रसिकका १८ कृति प्रकाशित भइसकेका छन्, जसमा बालसाहित्य उनको मुख्य पहिचान बनेको छ। केही महिनाभित्रै अर्को बाल उपन्यास पनि पाठकसम्म ल्याउने तयारीमा रहेको उनकाे भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको