सोमवार, जेष्ठ ११, २०८३

21.1 C
Bhaktapur
सोमवार, जेष्ठ ११, २०८३
21.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रएसईईमा गोल्डेन गेटको सानदार नतिजा, एक विद्यार्थीले ल्याए ४.० जीपीए

एसईईमा गोल्डेन गेटको सानदार नतिजा, एक विद्यार्थीले ल्याए ४.० जीपीए


भक्तपुर। भक्तपुर नगरपालिकाको महाकालीस्थानस्थित गोल्डेन गेट ईंग्लिश सेकेण्डरी स्कुल ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ।

विद्यालयले २० जना विद्यार्थी सहभागी भएको परीक्षामा शतप्रतिशत नतिजा ल्याएको छ। विद्यालयका अनुसार एक जना विद्यार्थीले ४.० जीपीए (पूर्णांक) हासिल गर्दै विद्यालय टप गरेका छन्।
नतिजा विवरण:
४.० जीपीए: १ जना
३.६ देखि ३.९९ जीपीए: ८ जना
३.२ देखि ३.५९ जीपीए: ८ जना
२.८ देखि ३.१९ जीपीए: ३ जना
२.४ देखि २.७९ जीपीए: १ जना
कुल विद्यार्थी: २० जना (शतप्रतिशत उत्तीर्ण)
विद्यालयका प्रिन्सिपल सिंह लामाले विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त प्रयास, नियमित अभ्यास र अनुशासित शैक्षिक वातावरणका कारण उत्कृष्ट नतिजा सम्भव भएको बताए।

महाकालीस्थान क्षेत्रमा रहेको यो विद्यालयले लगातार राम्रो नतिजा ल्याउँदै स्थानीय स्तरमा आफ्नो शैक्षिक पहिचान थप मजबुत बनाउँदै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको