भक्तपुर । भारतको नयाँ दिल्लीस्थित टालकटोरा स्टेडियममा जारी सभात च्याम्पियनसिपमा भक्तपुरको क्वालिटी सेकेण्डरी स्कुलका छात्रले स्वर्ण पदक हासिल गरेको छ ।
६औं एसियन सभात च्याम्पियनसिपमा सहभागी भएका चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटफेदीको क्वालिटी ईग्लिश सेकेण्डरी स्कुलको कक्षा ७ मा अध्ययनरत छात्र सुन्दर पाण्डे (नेपाल)ले भारतको खेलाडीलाई हराएँदै गोल्ड मेडल जितेको हो ।
सेमिफाइनलमा नेपालका विश्वास भट्टराईलाई पछि पार्दै फाइनल प्रवेश गरेका पाण्डेले भारतका श्रेयश्लाई हराएर गोल्ड मेडल आफ्नो पोल्टोमा पारेको आयोजकले जनाएको छ ।
सो स्थानमा भएको स्पर्धामा नेपाली सभात टोली (२८ खेलाडी र ६ अधिकारी) छन् । खेल फेब्रुअरी ९—१२, २०२५ सम्म जारी रहेको थियो ।

congratulations
यत्रो कार्यक्रममा सहभागीहरुको तस्बिर र खेलको भिडियो र पोडुयममा सम्मानित हुँदाको फोटो हुनु पर्ने होईन र ??? आयोजक टिम कमिटि के हो यस्तो ???