आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentअर्थसिम्रिक बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न

सिम्रिक बचत तथा ऋण सहकारीको १६ औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीकाे उक्त सहकारीको सभाकाे उद्घाटन संस्थाका अध्यक्ष रमेश न्हेम्हाफुकीले गरेका थिए ।

कार्यक्रममा सहकारीका सचिव हरिसुन्दर छुकांले संस्थाको वार्षिक प्रतिवेदन, काेषाध्यक्ष अर्जुनप्रसाद सुवेदीले आर्थिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयाेजक बद्रीबहादुर खड्काले लेखा परीक्षण प्रतिवेदन, ऋण उपसमितिका संयोजक उत्तम साखकर्मीले ऋण उपसमितिकाे प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदन प्रस्तुतकर्ताहरूले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको वर्तमान अवस्था, उपलब्धि र भावी प्रतिबद्धताबारे जानकारी गराएका थिए ।
कार्यक्रममा अध्यक्ष न्हेम्हाफुकीले सहकारी ऐन २०४८ बमोजिम २५ जना सदस्यहरूको सहभागितामा स्थापना भएको सिम्रिक बचत तथा ऋण सहकारी सामाजिक र वित्तीय दुवै जिम्मेवारी बोकेको संस्था भएको स्पष्ट पारे। उनका अनुसार संस्था वि.सं. २०६७ असार १ गतेदेखि दैनिक कारोबार थालनी गरेकाे थियाे ।

`आपसी सहयोग, साथ र सामुहिकता : वित्तीय समस्याको समाधान, सिम्रिककाे सुनिश्चितता´ नाराका साथ अघि बढिरहेको बताउँदै सचिव छुकांले उल्लेख गर्दै सदस्यहरूको साथ, सहयोग र विश्वासकै कारण संस्था निरन्तर अघि बढ्न सफल भएको बताए । उनले सहकारीमा हाल ६३९ जना सदस्य रहेको जानकारी दिए ।

काेषाध्यक्ष सुवेदीले देशको वर्तमान आर्थिक अवस्था तथा सदस्यहरूको वित्तीय स्थितिलाई मध्यनजर गर्दै विगत केही वर्षदेखि साधारण सभालाई मितव्ययी रूपमा सम्पन्न गर्दै आएको बताए । गत वर्षभन्दा याे वर्ष सहकारी नाफामा रहेकाे पनि बताए ।

कार्यक्रममा ऋण समितिका संयाेजक साखकर्मी, लेखा सुपरिवेक्षण समिति संयाेजक खड्काले सहकारीले ऋण व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्नेमा जाेड दिएका थिए । साधारणसभाले सहकारीको बचत, ऋण र सदस्यकाे हितका लागि विभिन्न निति पारित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको