भक्तपुर । भक्तपुरको ताथलीस्थित एसएस सदन सेकेण्डरी स्कुलका चार विद्यार्थीले गोल्ड मेडल र एक विद्यार्थीले सिल्भर मेडल हासिल गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा भएको सितोरियो कराते प्रतियोगितामा सो विद्यालयबाट ५ विद्यार्थी सहभागी भएकामा ४ जनाले गोल्ड र एक विद्यार्थीले सिल्भर मेडल हासिल गरेको हो ।
स्पर्धा भारतको आसाममा सम्पन्न भएको थियो । वैशाख ७ गते सम्पन्न स्पर्धामा विद्यार्थीहरू क्रमशः प्रसुन थापा,,मन्दिप जंग थापा,,धिरन राउत र मनिक रोक्काले गोल्ड मेडल हासिल गरेका र एलेक्स बोहराले सिल्भर मेडल हासिल गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रिन्सिपल प्रदिप थापाले अन्तर्र्राष्ट्रिय स्तरमा भएको प्रतियोगितामा सहभागी भई विद्यालयका विद्यार्थीहरुले विभिन्न मेडलहरु प्राप्त गरेको जानकारी दिए ।