आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentखेलकुदराष्ट्रपति रनिङ शिल्डमा श्रीकृष्णद्वारा चौथो वर्ष पनि प्रथम स्थान: चाँगुनारायण दाेस्राे, महेन्द्रग्राम...

राष्ट्रपति रनिङ शिल्डमा श्रीकृष्णद्वारा चौथो वर्ष पनि प्रथम स्थान: चाँगुनारायण दाेस्राे, महेन्द्रग्राम र प्रज्ञा तेस्रो

भक्तपुर । चाँगुनारायण नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्रीकृष्ण माध्यमिक विद्यालयले चौथो वर्ष पनि लगातार प्रथम स्थान हासिल गरेको छ।

नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सहभागी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै श्रीकृष्ण माविले समग्रतर्फ पुनः आफ्नो दबदबा कायम राखेको हो।

प्रतियोगितामा श्रीकृष्ण माविले १३ वटा स्वर्ण (गोल्ड) र १२ वटा रजत (सिल्भर) पदक प्राप्त गर्दै सबैभन्दा धेरै अंक जोडेको थियो। एथलेटिक्स, दौड, लङ जम्प, हाई जम्प, भलिबल, कबड्डी लगायतका खेल विधामा विद्यालयका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।

स्वर्ण पदकका आधारमा गरिएको विद्यालयगत क्रमअनुसार पहिलो स्थान श्रीकृष्ण माध्यमिक विद्यालय (१३ स्वर्ण), दोस्रो स्थान चाँगुनारायण माध्यमिक विद्यालय (७ स्वर्ण), तेस्रो स्थान महेन्द्रग्राम माध्यमिक विद्यालय र चाैथाे स्थानमा प्रज्ञा इङ्ग्लिश स्कुल (दुवैले ६–६ स्वर्ण) रहेका छन्।

चाँगुनारायण नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा करिब दुई हजारभन्दा बढी विद्यार्थी खेलाडी सहभागी थिए। विद्यालयस्तरमै खेलकुद प्रतिभा पहिचान गर्ने, विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा योगदान पुर्याउने उद्देश्यले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो।

नगरपालिकाका प्रतिनिधिहरूले खेलकुदलाई शिक्षासँग जोडेर अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै योजनाबद्ध तयारी, नियमित अभ्यास र अनुशासनका कारण विद्यालयहरूले राम्रो प्रदर्शन गर्न सकेको बताए। उनीहरूका अनुसार राष्ट्रपति रनिङ शिल्डले नगरभित्रका विद्यालयहरूबीच प्रतिस्पर्धात्मक भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको