भक्तपुर । अग्रज महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं वार्षिक साधारण सभा शुक्रबार कमल विनायक बैंक्वेट, भक्तपुरमा सम्पन्न भएको छ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला के.सी. प्रमुख आतिथ्यको रूपमा उपस्थित थिइन् भने जिल्ला सहकारी संघ लिमिटेड भक्तपुरका अध्यक्ष ध्रुर्व बहादुर रायमाझी विशेष आतिथ्यका रूपमा सहभागी भएका थिए।
त्यस्तै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी सञ्चालक कृष्णेश्वरी प्रजापति, चाँगुनारायण नगरपालिकाको सहकारी शाखा प्रमुख सर्मिला पोखरेल, पूर्व डिभिजन सहकारी निरीक्षक कृष्ण बहादुर खड्का लगायत अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको गतिविधि, उपलब्धि र आगामी योजना सार्वजनिक गरिएको थियो। कार्यक्रममा संस्थाको १६ वर्षे यात्रा स्मरण गर्दै सहकारीलाई अझ मजबुत, पारदर्शी र सदस्यमैत्री बनाउनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।
साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न योगदान गर्ने समिति, सल्लाहकार, उपसमिति सदस्य, अग्रज व्यक्तित्व, कर्मचारी र सबै सहयोगी हातहरूलाई संस्थाले धन्यवाद ज्ञापन गरेको छ।
