शुक्रबार, जेष्ठ १०, २०८२

22.1 C
Bhaktapur
शुक्रबार, जेष्ठ १०, २०८२
22.1 C
Bhaktapur
HomeNews Contentशिक्षा‘आइएसओ सर्टिफिकेट’ पाउने पहिलो विद्यालय बन्यो भक्तपुरको रोम्वस स्कुल

‘आइएसओ सर्टिफिकेट’ पाउने पहिलो विद्यालय बन्यो भक्तपुरको रोम्वस स्कुल

भक्तपुर । भक्तपुरको रोम्वस सेकेण्डरी स्कूलले ‘आइएसओ सर्टिफिकेट’ प्राप्त गरेको छ । भक्तपुरको कमलविनायकको टाउन प्लानिङमा अवस्थित उक्त विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ सटिर्फिकेट) प्राप्त भएको छ ।

एभरेष्ट इन्टरनेशनल म्यानेज्मेन्ट कन्सल्टेन्सी एण्ड टे«निङ एजेन्सी प्रा.लि.ले अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तरको मानकको रुपमा विद्यालयलाई आइएसओ सर्टिफिकेट दिँदै आएको छ ।
सोही कन्सल्ट्यान्सीले बुधबार विद्यालयलाई उक्त प्रमाणपत्र हस्तान्तरण गरेको छ । उक्त संस्थाले भक्तपुर जिल्लामा रहेका विद्यालयहरुमध्ये रोम्वस सेकेण्डरी स्कूल भक्तपुर नगरपालिकाको पहिलो र भक्तपुर जिल्लाको दोस्रो विद्यालय रहेको जनाएको छ ।

कार्यक्रममा नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले आइएसओ प्राप्त गर्न सफल रोम्वस स्कुललाई बधाई दिँदै विद्यालयले शिक्षा क्षेत्रमा छोटो अवधिमै उल्लेखनीय योगदान पुर्याउन सफल भएको बताए ।

उनले अभिभावकको ध्यान आफ्नो बालबालिकाको भविष्यप्रति हुने भएकाले विद्यालयले अभिभावकको मनोविज्ञानलाई ध्यान दिनुपर्नेमा जोड दिए । ज्ञान र वुद्दि फरक विषय भएको उल्लेख गरेका उनले अहिलेका पुस्तालाई संसारसँग स्पर्धा गर्न ज्ञानको जरुरी रहेको चर्चा गर्दै विद्यालयले प्राप्त गरेको आइएसओ सर्टिफिकेटले त्यो आवश्यकता पूरा गर्ने मार्ग प्रशस्त गरेको जनाए ।

बालबालिकालाई संस्कारयुक्त शिक्षा, नैतिक शिक्षा, सूचना प्रविधियुक्त शिक्षा र देशभक्तिपूर्ण शिक्षा जरूरी रहेको आवश्यकता औंल्याउँदै उनले भने, घरमा घरको अनुशासन, विद्यालयमा विद्यालयको अनुशासन, समाजमा समाजको अनुशासन र पेशामा पेशागत अनुशासन भए शिक्षाको उद्देश्य साकार हुन्छ ।’

उनले थपे, ‘आजका बालबालिका प्रफुल्ल भए भोलि देश प्रफुल्ल हुन्छ । त्यो दिशामा रोम्वस सेकेण्डरी स्कुलले समय दिएको छ, श्रम लगाएको छ । नैतिकवान्, जिम्मेवार, अनुशासित नयाँ पुस्ताको जरुरीलाई पूरा गर्ने काममा रोम्वस स्कूलले पुर्याइरहेको योगदान महत्वपूर्ण छ, त्यसका लागि म स्कुल परिवारलाई धन्यवाद समेत दिन्छु ।

कार्यक्रममा कन्सल्टेन्सीका प्रवन्ध निर्देशक सैलेन्द्र खरेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरिता कोजू र संस्थापक प्रिन्सिपल डा. राजेन्द्र कोजूलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । सो क्रममा उनले आइएसओ प्रमाणपत्रको विषयमा जानकारी दिए ।

कार्यक्रममा डा. इवामुरा मेमोरियल अस्पतालको आकस्मिक शाखाका डा. विनोद दंगालले पनि विद्यालयले प्राप्त गरेको सफलताको लागि बधाई दिए । सांस्कृतिक कार्यक्रमसहित सम्पन्न कार्यक्रममा प्रिन्सिपल डा. कोजूले उक्त प्रमाणपत्रसँगै विद्यालयको शैक्षिक गुणस्तर सुनिश्चितताको आधार बनेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको