आइतवार, जेष्ठ २४, २०८३

21.1 C
Bhaktapur
आइतवार, जेष्ठ २४, २०८३
21.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरसूर्यविनायकमा साढे २६ करोड बढी बेरुजू

सूर्यविनायकमा साढे २६ करोड बढी बेरुजू

भक्तपुर: सूर्यविनायक नगरपालिकाको लेखापरीक्षण प्रतिवेदनले नगरपालिकाको आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार नगरपालिकामा हालसम्म २६ करोड ६१ लाख ५१ हजार रुपैयाँ बेरुजू देखिएको छ ।
बेरुजूको अवस्था र विवरण
प्रतिवेदन अनुसार, चालू आर्थिक वर्षमा नगरपालिकाको ३ अर्ब ६५ करोड ७४ लाख १३ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ४ करोड ११ लाख ६४ हजार रुपैयाँ बेरुजू देखिएको थियो । त्यसमध्ये ३ लाख ५ हजार रुपैयाँ सम्परीक्षण भई फर्छ्यौट भएको छ । बाँकी रहेको ३ करोड ७३ लाख ५९ हजार रुपैयाँमध्ये असुल गर्नुपर्ने १ लाख ६९ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने २३ लाख ६४ हजार, नियमित गर्नुपर्ने २ करोड ७५ लाख ४४ हजार र पेश्की बाँकी ७२ लाख ८१ हजार रुपैयाँ रहेको छ ।
यसअघिको आर्थिक वर्षसम्म बाँकी रहेको २५ करोड १४ लाख ५९ हजार बेरुजूमध्ये २ करोड २६ लाख ६७ हजार रुपैयाँ सम्परीक्षण भएसँगै चालू वर्षको थप बेरुजू समेत जोडेर कुल बेरुजू २६ करोड ६१ लाख ५१ हजार पुगेको हो ।
लेखा प्रणालीमा त्रुटि
महालेखापरीक्षकको प्रतिवेदनले नगरपालिकाको वित्तीय प्रतिवेदन तयार पार्ने प्रक्रियामा समेत गम्भीर कमी-कमजोरी औंल्याएको छ । नगरपालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामापदण्डको पालना नगरेको र वित्तीय विवरणमा ‘अन्तरसरकारी अख्तियारी’, ‘आन्तरिक आय’ तथा ‘विविध कोष’ लगायतका कारोबार समावेश नगरेको जनाएको छ ।
साथै, नगदमा आधारित लेखा प्रणाली अवलम्बन गर्दा नगरपालिकाको पेश्की बाहेकका सम्पत्ति र दायित्वको स्पष्ट जानकारी नखुलेको प्रतिवेदनमा उल्लेख छ ।
सुधार गर्नुपर्ने मुख्य क्षेत्रहरू
लेखापरीक्षणले नगरपालिकाको समग्र प्रशासनिक र वित्तीय सुशासनमा सुधार गर्नुपर्ने सुझाव दिएको छ । प्रतिवेदनले मुख्यतया:

  • ऐन-नियमको परिपालना र आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउन,
  • स्थानीय वित्त व्यवस्थापन, सम्पत्तिको संरक्षण र स्रोत साधनको उचित परिचालन गर्न,
  • शासकीय प्रबन्ध, स्रोत सुनिश्चितता, बजेट व्यवस्थापन र विकास प्रशासनमा सुधार गर्न,
  • अनुदान वितरण, सेवा प्रवाह र जवाफदेहितालाई थप पारदर्शी बनाउन नगरपालिकालाई सचेत गराएको छ ।
    नगरपालिकाको वित्तीय अनुशासन कायम राख्न र बेरुजू फर्छ्यौटलाई तीव्रता दिन यो प्रतिवेदनले जनप्रतिनिधि र कर्मचारी प्रशासनलाई मुख्य चुनौतीका रूपमा देखाएको छ ।
  • पूरा विवरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको