भक्तपुर । चाँगुनारायण नगरपालिकाले आयाेजना गरेकाे हाजिरी जवाफ प्रतियोगितामा सरस्वती मावि थाकलमाथ प्रथम भएको छ ।
नगरव्यापी उक्त प्रतियोगितामा चाँगुनारायण नपा ८ सुडालकाे थामलमाथस्थित साे विद्यालय प्रथम भएको आयाेजकले जनाएको छ । क्षेत्रस्तरीय हाजिरीजवाफ प्रतियोगिताबाट छनोट भएका विद्यार्थीहरूबीच आयोजित नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ।
प्रतियोगितामा नवीन ईंग्लिश स्कुलले द्वितीय र फुलब्राईट स्कुलले तृतीय स्थान प्राप्त गरेका छन्। कार्यक्रममा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो।
प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा सामान्य ज्ञानप्रति रुचि जगाउने र आत्मविश्वास अभिवृद्धि गर्नु रहेको आयोजकले बताए। सफल विद्यालयहरूलाई बधाई दिँदै आयोजकहरूले आगामी दिनमा यस्ता प्रतियोगिताहरू निरन्तर गर्ने प्रतिबद्धता जनाए।
