बुधबार, बैशाख २, २०८३

19.6 C
Bhaktapur
बुधबार, बैशाख २, २०८३
19.6 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रपारिजात विद्याकुञ्जको वार्षिकोत्सव भव्य: विद्यार्थी सम्मान र दीक्षान्त सम्पन्न

पारिजात विद्याकुञ्जको वार्षिकोत्सव भव्य: विद्यार्थी सम्मान र दीक्षान्त सम्पन्न

भक्तपुर । पारिजात विद्याकुञ्जले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित सो विद्यालयमा आयोजित कार्यक्रममा अभिभावकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

विद्यालयका प्रधानाध्यापक विक्रम थापाका अनुसार कार्यक्रमअन्तर्गत एसईई उत्तीर्ण विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको छ। यस वर्ष विद्यालयले एसईई परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएको जनाएको छ।

कार्यक्रममा कक्षागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो भने वर्षभरि सञ्चालन गरिएका अतिरिक्त क्रियाकलाप तथा विद्यालय बाहिरका विभिन्न प्रतिस्पर्धामा विजयी विद्यार्थीहरूलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ। साथै विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो।

यसैबीच, विद्यालयले २६ गते दीक्षान्त समारोह आयोजना गर्दै युकेजीबाट कक्षा १ मा उत्तीर्ण भएका ३४ जना विद्यार्थीहरूको औपचारिक उतीर्णता सम्पन्न गरेको छ। साना बालबालिकाहरूको सहभागितामा सम्पन्न दीक्षान्त कार्यक्रम अभिभावकका लागि आकर्षणको केन्द्र बनेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत दिएका थिए। उक्त प्रस्तुतिले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो। विद्यालयले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै समग्र विकासमा ध्यान दिइरहेको जनाएको छ।

नयाँ शैक्षिक सत्रको संघारमा आयोजित कार्यक्रमले अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकबीच थप समन्वय र सहकार्यको वातावरण निर्माण गरेको विद्यालयले विश्वास व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको