भक्तपुर । विद्यालयका कार्यक्रमहरू प्रायः एउटै ढाँचामा सीमित हुने गरेका छन्। बाहिरबाट बोलाइएका ‘ठूला’ व्यक्तिहरू, औपचारिक भाषण, र दर्शक बनेर बस्न बाध्य अभिभावक। यस्ता कार्यक्रममा न विद्यार्थीले आत्मीयता महसुस गर्छन्, न अभिभावक नै जोडिन्छन्।
तर चाँगुनारायण नगरपालिका–६, नगरकोट फेदीस्थित क्वालिटी इंग्लिस सेकेन्डरी स्कुलले यसपटक फरक अभ्यास गर्दै कार्यक्रमलाई जीवन्त बनाएको छ।
विद्यालयको २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा जेष्ठ नागरिक भद्रकुमारी कार्की प्रमुख अतिथि बनिन्। उनी कुनै पद वा शक्ति होइन, आफ्नी नातिनीमार्फत विद्यालयसँग जोडिएकी एक साधारण अभिभावक हुन्। कक्षा ७ मा अध्ययनरत नातिनीको स्कुलमा हजुरआमा प्रमुख अतिथि बन्नु कार्यक्रमकै सबैभन्दा अर्थपूर्ण क्षण बन्यो।
कार्यक्रम उद्घाटन गर्दै कार्कीले बिरुवामा जल अर्पण गरिन्। त्यो दृश्यले औपचारिक उद्घाटनभन्दा बढी अर्थ बोकेको थियो—बालबालिकालाई पनि यस्तै माया, हेरचाह र सही वातावरण चाहिन्छ भन्ने सन्देश।
विद्यालयका प्रिन्सिपल जीबी खड्काका अनुसार कार्यक्रममा सहभागी अभिभावकमध्ये सबैभन्दा ज्येष्ठलाई सम्मानस्वरूप प्रमुख अतिथि बनाइएको हो। उनका अनुसार विद्यालयले अभिभावकलाई दर्शक मात्र नभई शिक्षाको साझेदारका रूपमा स्थापित गर्न खोजेको हो।
कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने तथा विभिन्न गतिविधिमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरियो। तर कार्यक्रम केवल पुरस्कार वितरणमा सीमित रहेन। विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्धलाई नजिक ल्याउने प्रयास स्पष्ट देखिन्थ्यो।
सहायक प्रिन्सिपल राम नेपालद्वारा सञ्चालित कार्यक्रममा अभिभावकहरूलाई पनि बोल्ने अवसर दिइएको थियो। आकाश खड्काले विद्यालयले बालबालिकासँग सम्बन्धित गुनासो सुन्ने र समाधान गर्ने गरेको भन्दै सन्तोष व्यक्त गरे। अन्य अभिभावकहरूले पनि विद्यालयप्रति सकारात्मक धारणा राखे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबोधन बाँस्तोलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य रामप्रसाद लामिछानेले बालबालिकालाई मोबाइलबाट टाढा राख्नुपर्नेमा जोड दिए
कार्यक्रमको अर्को आकर्षण विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति रह्यो। तामाङ सेलो, नेवारी, थारू, झाँगड, शेर्पा नृत्यदेखि आधुनिक गीत, नाटक र लाइभ गायनसम्मका प्रस्तुति प्रस्तुत गरिए। यी प्रस्तुति मनोरञ्जन मात्र नभई नेपालको सांस्कृतिक विविधता झल्काउने माध्यम पनि बने।
“Quality is more than Quantity” भन्ने नारासहित अघि बढिरहेको विद्यालयका प्रिन्सिपल खड्काले शिक्षा केवल शिक्षकको प्रयासले मात्र सम्भव नहुने बताउँदै विद्यार्थी, शिक्षक र अभिभावकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले अभिभावकलाई विद्यालयसँग निरन्तर जोडिन आग्रह पनि गरे।
सेकेन्डरी इन्चार्ज अनिता थापा ले विद्यालयले २१औँ शताब्दी सुहाउँदो शिक्षण पद्धति अपनाउँदै अगाडि बढिरहेको जानकारी दिइन्।
कार्यक्रममा साहित्यकार हरिहर तिमिल्सिना, गायक कपिल कसपाल तथा बाल साहित्यकार कार्तिकेय घिमिरेको उपस्थिति रहेको थियो। घिमिरेले बालकथा सुनाउँदै बालबालिकामा कथा संस्कारको महत्वबारे प्रकाश पारे।
इसिए इन्चार्ज विशाल श्रेष्ठ ले बालबालिकालाई मोबाइलबाट टाढा राख्न संवाद र अन्तरक्रियालाई बढावा दिनुपर्ने बताए। कार्यक्रममा विक्रम ढुकुछु को पनि उपस्थिति रहेको थियो ।
विद्यालयले आगामी शैक्षिक सत्रदेखि नयाँ भवनबाट कक्षा सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। हजुरआमालाई प्रमुख अतिथि बनाउने यो अभ्यासले एउटा सन्देश स्पष्ट पार्छ, विद्यालय पढाइको ठाउँ होइन, सम्बन्ध, सम्मान र संस्कार सिकाउने थलो पनि हो।




Капельница от похмелья с контролем врача в Самаре является одной из самых популярных и эффективных услуг для тех, кто сталкивается с выраженными симптомами похмельного синдрома. Похмелье может проявляться не только головной болью и усталостью, но и более серьезными проблемами, такими как тошнота, рвота, учащенное сердцебиение и повышение давления. Когда симптомы становятся особенно острыми, капельница помогает организму справиться с токсинами, восстановить водно-электролитный баланс и нормализовать состояние пациента, в том числе при запое. Важно, что контроль врача на протяжении всей процедуры обеспечивает безопасность и эффективность, при этом помощь может оказываться как на дому, так и в клинике при лечении алкоголизма.
Разобраться лучше – капельница от похмелья цена самара
proscar 5mg tablets
proscar 5mg tablets
tadalafil female arousal
tadalafil female arousal