शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारजेनजी आन्दोलनमा भएको ताेडफाेड आराेपमा भक्तपुरका ११ जना पक्राउ

जेनजी आन्दोलनमा भएको ताेडफाेड आराेपमा भक्तपुरका ११ जना पक्राउ

भक्तपुर । हालैको जेन जी आन्दोलनका क्रममा भक्तपुरमा भएका आगजनी र तोडफोड घटनामा संलग्न भएको आराेपमा ११ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरको आदेश अनुसार आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेकाहरूले आन्दोलनको नाममा सार्वजनिक सम्पत्ति क्षति पुर्याएको, सडक अवरुद्ध गरेको र केही स्थानमा सरकारी सवारीसाधनमा ढुंगा प्रहार गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार पक्राउ परेकाहरूलाई दंगा, आगजनी र सार्वजनिक सम्पत्तिको तोडफोड सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीका अनुसार आन्दोलनका क्रममा सुरक्षा निकायसँग झडप, टायर बाल्ने, ढुंगा प्रहार गर्ने र केही सवारीसाधनमा क्षति पुर्याउने जस्ता गतिविधि भएका थिए ।

प्रहरीले साे सम्बन्धमा दैनिक सय बढीसँग साेधपुछ गरिरहेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको