शुक्रबार, मंसिर १९, २०८२

15.1 C
Bhaktapur
शुक्रबार, मंसिर १९, २०८२
15.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रस्कुलको तह घटुवा गर्दै चाँगुनारायण (कुन– कुन पर्दैछन् स्कुल?)

स्कुलको तह घटुवा गर्दै चाँगुनारायण (कुन– कुन पर्दैछन् स्कुल?)

  • कम विद्यार्थी संख्या भएका विद्यालयको तह घटुवा
  • विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै
  • कहीँ विद्यार्थी निक्कै न्यूनः शिक्षक बढी, कहीँ विद्यार्थी संख्या बढी : शिक्षक दरबन्दी कमको अवस्था
  • २१ विद्यालयको तह घटुवा गर्ने गरी प्रतिवेदन तयार
  • थन्किएको प्रतिवेदनलाई नगर प्रमुख खत्रीले कार्यान्वयन गर्ने तयारी

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरपालिकामा रहेका स्कूलमध्ये कम विद्यार्थी संख्या भएका विद्यालयको तह घटुवा गर्ने भएको छ । त्यसको आवश्यक तयारी नगरपालिकाले गरिरहेको छ ।

नगर प्रमुख जीवन खत्रीले विद्यालयहरुलाई राईट साइजिङ गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । शनिबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियाका क्रममा उनले नगरपालिकाका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गइरहेको बताउँदै विद्यार्थी संख्या घटेका विद्यालयहरुको तह घटुवा अर्थात् राईट साइजिङ गर्ने जानकारी दिए ।

उनले शिक्षामा सुधार ल्याउन र गुणस्तरका लागि अन्य उपायहरुमध्ये तह घटुवा पनि एक भएको उल्लेख गर्दै तह घटुवाले विषय शिक्षक दरबन्दी मिलानमा समेत सहयोग पुग्ने उल्लेख गरे ।
अहिले पनि नगरपालिकाका सामुदायिक विद्यालयमा कहीँ विद्यार्थी निक्कै न्यूनः शिक्षक बढी, कहीँ विद्यार्थी संख्या बढी : शिक्षक दरबन्दी कमको अवस्था रहेको छ ।

नगरपालिकाले यस अघि कार्यदल बनाएर २१ विद्यालयको तह घटुवा गर्ने गरी प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनले उल्लेख गरेका विषयलाई चाँगुपत्र साप्ताहिकले प्रकाशन गरेको थियो ।

समाचार प्रकाशन भएपछि चाँगुनारायण नगरपालिकामा रहेका विद्यालयका शिक्षक तथा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले सो प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न नगर शिक्षा शाखा र जनप्रतिनिधिहरुलाई दबाब दिएका थिए । सोही कारण उक्त प्रतिवेदन थन्किएको थियो ।

सोही थन्किएको प्रतिवेदनलाई नगर प्रमुख खत्रीले कार्यान्वयन गर्ने तयारी गरिरहेको जानकारी दिए । यससम्बन्धी विस्तृत समाचार चाँगुपत्र साप्ताहिकले प्रकाशन गरेको थियो । सो समाचारमा विद्यालयहरुको विवरण समेत प्रकाशन भएको थियो । उक्त विवरणका लागि चाँगुपत्र साप्ताहिक पढ्न सक्नुहन्छ ।

1 COMMENT

  1. बेला बेलामा छ्द्के हान्नु पर्यो विद्यार्थी भन्दा शिक्षक धेरै छ 11.00 बजे गित बजेको सुनिन्छ त्यसपछि 2बजे त स्कुलमा कोहि पनि हुदैन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको