शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentशिक्षामहेन्द्र ग्रामकी श्रेष्ठसहित भक्तपुरका ३० जनाको ४ जीपीए

महेन्द्र ग्रामकी श्रेष्ठसहित भक्तपुरका ३० जनाको ४ जीपीए

भक्तपुर । यसवर्षको एसईईमा भक्तपुरका ३० विद्यार्थीले चार जीपीए ल्याएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार नौ सय ७१ जनाले चार जीपीए ल्याएकामा भक्तपुरका ३० जना छन् । यस्तै काठमाडौंका ४१०, ललितपुरका १००, रुपन्देहीका ८७, कास्कीका ६५, चितवनका ३७, धनुषाका २०, मोरङका १८ र कैलालीका ७ जनाले पनि चार जीपीए ल्याएका छन् ।

चाँगुनारायण नगरपालिकाको सुडालस्थित महेन्द्रग्राम माविकी विद्यार्थी गोमा श्रेष्ठले ४ जीपीए हासिल गरेकी छन् । यसैगरी अन्य विद्यालयका विद्याथीले पनि ४ जीपिए हासिल गरेको जनाए पनि त्यो भने खुल्न सकेको छैन ।

2 COMMENTS

  1. गोमा श्रेस्ट बहिनीलाई बधाई(महेन्द्र ग्राम मा वि का विधार्थी)।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको