शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारचाँगुनारायणमा हाउजिङ निर्माण भन्दै बालुवा तस्करी, बढ्यो डोजर आतङ्क

चाँगुनारायणमा हाउजिङ निर्माण भन्दै बालुवा तस्करी, बढ्यो डोजर आतङ्क

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका डा नं. ४ मा डोजर आतंक बढेको स्थानीय एवं वडा अध्यक्ष रोजबहादुर तामाङले गुनासो गरेका छन् । उनले वडाका विभिन्न ठाउँमा जथाभावी डोजर चलिरहेको उल्लेख गर्दै वडाभर डोजर आतंक बढेको बताएका हुन् ।

उनले अहिले पनि वडाका विभिन्न टोलमा अनेक बहानामा डोजर चलिरहेको बताउँदै चलिरहेको डोजर बन्द गर्न नसकिने अवस्था सिर्जना भएको बताए । उनले विश्व सम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर क्षेत्रलाई समेत असर पर्ने गरी डोजर चलिरहेको बताए । यसका साथै उनले चाँगुनारायण नगरपालिका र काठमाडौंको मनहरा नगरपालिकाको सिमानाको रुपमा रहेको मनोहरा खोला र त्यस वरपर डोजर चलिरहेको बताए ।

उनले उक्त खोलामा डोजर लगाई खुलेआम बालुवा समेत निकालिरहेको बताए । उनले उक्त क्षेत्रमा हाउजिङ निर्माण गर्ने भन्दै बालुवा तस्करहरुले प्रशासन, प्रहरी, जनप्रतिनिधिको आँखा छलेर बालुवा समेत निकालिरहेको र डोजर चलाइरहेको जानकारी दिँदै उक्त काम रोक्नका लागि नगरपालिकाका मेयर, उपमेयर, प्रहरी प्रशासन, जिल्ला समन्वय समितिका साथै प्रमुख जिल्ला अधिकारीको समेत ध्यानाकर्षण सामाजिक सञ्जालमार्फत् गरेको बताए ।

उनले राजनीतिक आड र संरक्षणमा सेटिङमा उक्त काम हुँदा वडाको प्रयासले मात्र सो काम रोक्न असमर्थ भएकाले सबैको साथ खोजेको बताए । उनका अनुसार मनहरा खोेलामा दिपक भण्डारीले प्रशासन र प्रहरी तथा पार्टीलाई प्रभाव पारी उक्त काम गरिरहेका छन् ।
उनले वडामा बढिरहेको बालुवा तस्करी र डोजर आतंकका सम्बन्धमा लेखेका छन् :

‘हैन के भईरछ । याे हाम्रो चागुनारायण नगरपालिकामा दिन दहाडै खाेलामा दाेजर वारि र खेतमा दाेजर भिर पाखा पर्ति नभनी जाेतिएकाे देखिन्छ ।अब जिल्ला समन्वय समितिले cdo लगयत मेयर उपमेयर प्रशासन र सबै वडा अध्यक्षहरु संग आकस्मिक बैठक राख्न जरुरी देखिन्छ ।’

जय चागुनारायण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको