शुक्रबार, जेष्ठ १०, २०८२

22.1 C
Bhaktapur
शुक्रबार, जेष्ठ १०, २०८२
22.1 C
Bhaktapur
HomeNews Contentसमाचाररजत जयती मनाउँदै ख्वप्रिङ्ग : बाल मेला, शैक्षिक प्रदर्शनी तथा भवन उद्घाटन...

रजत जयती मनाउँदै ख्वप्रिङ्ग : बाल मेला, शैक्षिक प्रदर्शनी तथा भवन उद्घाटन हुने

भक्तपुर । भक्तपुरको लिवालीस्थित ख्वप्रिङ्ग इङलिस सेकेण्डरी स्कुलले रजत जयन्ती मनाउने तयारी गरेको छ । विद्यालयका प्रधानाध्यापक दिपेन्द्र प्रजापतिले विद्यालयले फागन ८ गते रजत जयन्ती बनाउने तयारी गरेको बताए । त्यसका लागि विभिन्न कार्यक्रम तय भएको उनको भनाइ छ ।

रजत जयन्तीकै अवसरमा बाल मेला, शैक्षिक प्रदर्शनी तथा भवन उद्घाटन हुने विद्यालयले जनाएको छ । प्रिन्सिपल प्रजापतिले विद्यालयले प्रगति गर्नुमा विद्यालयको शैक्षिक र सांस्कृतिक पक्ष तथा विद्यार्थी केन्द्रित अतिरिक्त क्रियाकलाप र समाजप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै आएको बताए । उनले विद्यालयको रजत जयन्ती महत्वपूर्ण उपलब्धिको रुपमा रहने बताए ।

रजत जयन्तीकै अवसरमा विद्यालयले चियापान कार्यक्रम, रक्तदान कार्यक्रम, स्वास्थ्य शिविरगायतका कार्यक्रम गर्ने तयारी गरेको प्रिन्सिपल प्रजापतिले जानकारी दिए ।

उक्त विद्यालय वि.सं. २०५७ सालमा स्थापना भएको थियो । विद्यालयको रजत जयन्ती नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको प्रमुख आतिथ्य हुने तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको