भक्तपुर । भक्तपुरका वरिष्ठ लेखक, संस्कृतिविद तिलक प्रकाश कायस्थलाई यस वर्षको सत्यमोहन जोशी नेपालभाषा साहित्य सिरपाबाट सम्मान गरिने भएको छ ।
विगत लामो समयदेखि नेपालभाषा साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका भक्तपुरका साहित्यसेवी कायस्थलाई सो पुरस्कारबाट सम्मान गरिने भएको हो । उनलाई सो पुरस्कारबाट सम्मान गर्ने औपचारिक घोषणा सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार समितिको बैठकले गरेको हो ।
समितिको बिहीबार बसेको बैठकले तिलक प्रकाशलाई उक्त सम्मानका साथ पुरस्कार रकम रु.५१,०००/पनि प्रदान गरिनेछ । यो अवार्ड आगामी जनवरी ३० अर्थात् माघ १७ गते हुने नेपालभाषा मंका खल यलःको वार्षिक साधारण सभामा प्रदान गरिने छ ।
सम्मानित हुने कायस्थ प्रजातान्त्रिक आन्दोलनका अथक योद्वा हुन् । सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार नेपालभाषा मंका खल यलःद्वारा सो पुरस्कारको स्थापना गरिएको थियो ।
आमा ज्ञानेश्वरीको कोखबाट विं.सं. १९९२ साल पुसमा भक्तपुरको खौमा टोलमा जन्मिएका उनका धेरै कृतिहरु सार्वजनिक भएका छन् ।
वि.सं. २०३५ मा योमरी (धापु मुना), वि.सं. २०५५ मा धनमाया (लघुखण्ड काव्य), वि.सं. २०५५ मा यौनज्ञान मनोविज्ञान, वि.सं. २०६२ मा नुगः जः (निबन्ध मुना), वि.सं. २०६३ मा ख्वबि झसुकाः (शोककाव्य), वि.सं. २०६८ मा वयागु हाथ्या (कथा संग्रह), वि.सं. २०३६ सालको परिवार नियोजक के, किन कसरी ?, वि.सं. २०३७ सालमा यौनज्ञान मनोविज्ञान, २०५८ सालमा शारदा (शोककाव्य), २०६३ सालमा लक्ष्मण रेखा (निबन्ध संग्रह), २०६९ सालको उत्सर्ग (कविता मुना), कमला (२०७२), वीर ग्रन्थ लगायतका कृतिहरु छन् ।
यसबाहेक उनले नेवा : संस्कृति संस्कार (२०६७) को सम्पादन, थौंकन्हे (लय्पौ) को सम्पादन गरेका छन् ।
यो पनि हेर्नुहोस् : https://bhaktapurtimes.com.np/archives/826