भक्तपुर । भक्तपुरमा चोरी भएको छ । भक्तपुर नगरपालिका ९ कमलविनायक बस्ने ६९ वर्षीय रामकाजी गामबन्जारको घरमा चोरी भएको हो ।
शुक्रबार साँझ चोरले नगद ३० हजार रुपैयाँ र सुन तथा चाँदीको विभिन्न गरगहना गरी करिब ७ लाख ९९ हजार ८ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।