शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur

गजल

-रामशरण न्यौपाने, भक्तपुर

यहाँ निर्माण कर्ताछन् छहारीमा

फसेका लोक छन् संहारकारीमा।

युवा परदेशमा मात्रै बिकेका छन्

फुलेका काँसछन् खुब खेत बारीमा।

रखेली साथ बस्छन् जुन दुराचारी

उनै खुद दर्जछन् झन् ब्रह्मचारीमा।

सधैँ सामन्तको शोषण र दोहनले

झरेका छन् यहाँ मान्छे भिखारीमा।

सफर गाह्रो छ जिम्मा विना साथी

रुकेको नाउ माझी ओजकारीमा।

(बहर- हजज मुसद्दस सालिम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको