भक्तपुर । नेपालको सांस्कृतिक धरोहर मानिने भक्तपुरमा पछिल्ला वर्षहरुमा गोप्य तरिकाले वेश्यावृत्ति फस्टाउँदै गएको देखिएको छ । पुराना मन्दिर र सांस्कृतिक सम्पदाले शहरलाई विश्वकै दृष्टिमा उदाए पनि यहींका केही स्थानमा अँध्यारो धन्दा मौलाइरहेको तथ्य खुलेको छ ।
धार्मिक र सांस्कृतिक महत्वको केन्द्र भक्तपुरमा वेश्यावृत्ति ठूलो सुन्दिन हुँदै गएको विषयवस्तु हो । प्रहरी स्रोत, स्थानीय अभियन्ता र बासिन्दाले गोप्य रुपमा सञ्चालित यौन व्यापारबारे जानकारी गराउँदै आएका छन् । रिपोर्टहरू अनुसार भक्तपुर बजार क्षेत्रका पसल, होटल, लज, रिसोर्टदेखि घरभाडामा सञ्चालन हुने आवासहरू समेत यौन सेवाका लागि प्रयोग हुँदै आएको छ । धेरै युवती तथा किशोरीहरूलाई रोजगारको नाममा ल्याएर यौन व्यवसायमा लगाइँदै आएको उनीहरूले बताएका छन् ।
भक्तपुर प्रहरीका वरिष्ठ अधिकृतहरूका अनुसार वेश्यावृत्ति खुला रुपमा भएको भने छैन तर गोप्य तरिकाले चलिरहेको शंका गरिएको छ । प्रहरी नियमित निगरानी र छापा अभियान चलाउन थालेको भए पनि यो समस्या नियन्त्रणमा आउन नसकेको उनीहरूको भनाइ छ ।
अघिल्लो रिपोर्टमा केही स्थानहरूको नाम उल्लेख गरी घटना उजागर गरिएको भए पनि अहिले ती स्थानमा तुलनात्मक रुपमा गतिविधि घटेको जनाइएको छ तर अन्य क्षेत्रहरूमा नयाँ समूह सक्रिय भएको संकेत देखिएको छ ।

पूरा समाचार ( स्थलगत रिपोर्टिङ ) चाँगुपत्र साप्ताहिकमा पढ्न सक्नुहुन्छ ।
