शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentजीवनशैलीबादलमाथिको मानुङकोट

बादलमाथिको मानुङकोट

जाडो मौसम लागे सँगै तनहुँको व्यास नगरपालिका-५ मानुङकोटमा सूर्योदय र कुहिरो अवलोकनका लागि निकै भिड लाग्न थालेको छ । प्राकृतिक सौन्दर्य दृश्यावलोकन गर्ने आन्तरिक पर्यटकले अहिले यो ठाउँ भरिभराउ देखिन्छ ।

डाँडामा पुगेपछि तलसम्म हेर्न मिल्ने भ्युटावर पनि बनिसकेको छ । मौसम खुलेसँगै उक्त ठाउँ देखि धौलागिरि, मनास्लु, लमजुङ, अन्नपूर्ण, माछापुच्छ्रेजस्ता थुप्रै हिमशृङ्खला देखिन्छ । दमौली बजार, मादी नदी, रिसिङ, साङ्गे खोला र दक्षिणमा सेती नदी क्षेत्र, गुणादी पनि देख्न सकिन्छ ।

पौराणिक किम्बदन्ती अनुसार महर्षि वेद व्यासकी माता माछेगन्दसँग प्रेममा थिए महर्षि परासर । उनीसँगको प्रेमलीला अरूले नदेखुन् भन्ने हेतुले महर्षि परासरले कुहिरोको उत्पत्ति गरेको कथन छ भने मानुङकोट डाँडाबाटै कुहिरोको उत्पत्ति भएको हो पनि भन्ने गरिन्छ ।

काठमाडौँदेखि १६० किलो मिटर र पोखरादेखि ५५ किलो मिटर दुरीमा पर्ने मानुङकोट पुग्न तनहुँ जिल्लाको सदरमुकाम दमौलीदेखि मनुङकोट  १० किलोमिटर लामो कतै पिच कतै कच्ची बाटो छिचोल्नु पर्छ । गन्तव्यसम्म स्कुटर, बाइक, गाडीमा सजिलै पुग्न सकिन्छ । पैदल यात्री ले भने दमौली देखि करिब १ घण्टा हिँड्नु पर्छ । विशेष गरेर शुक्रबार र शनिबार बढी भीड हुने मानुङकोटमा शनिबार मात्र ५ हजारभन्दा बढी  पर्यटक पुग्ने गरेको होटेल सञ्चालकहरू बताउँछन् ।

खानेपानीको अभावमा विसं २०५२ साल तिर स्थानीयवासीले त्यस गाउँठाउँ छाडेका थिए । अहिले पनि खानेपानीको भने दु:ख नै छ । बजारको प्रशोधित जार र ट्याङ्करको पानीले मानुङकोटमा अहिले पानीको विकल्प दिइरहेको छ ।

मानुङकोटमा पर्यटक बढेपछि गाउँ छाडेर सहर झरेका पनि पुनः मानुङकोट उक्लिएर व्यवसाय गर्न थालेका छन् । अहिले त्यहाँ बस्न र खान को लागि प्रशस्त होटेल खाजा घर समेत खुली सकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको