शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषभक्तपुरमा ३५० वर्ष पुरोना सम्यक दान : दुईहजार भिक्षुलाई महादान गरिने

भक्तपुरमा ३५० वर्ष पुरोना सम्यक दान : दुईहजार भिक्षुलाई महादान गरिने

भक्तपुर । वौद्ध धर्मावलम्बीहरुले ३५० वर्ष अघि अर्थात् नेपाल संवत् ७८७ सालभन्दा अघिबाट प्रत्येक वर्ष माघ १ गते मनाउँदै आएको दानमध्येको महादान ‘सम्यक दान पर्व’ मा यसवर्ष दुई हजार भिक्षुलाई महादन गरिने भएको छ ।

समितिका अध्यक्ष गणेश बज्राचार्यले भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार थथुबही) परिसर भुइख्यमा गरिने बौद्ध परम्परा अनुसारको सम्यक महादान पर्वमा दुईहजार जनालाई महादन गर्ने तयारी गरेको बताए ।

जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाटै नेपाल सम्बत ७९४ मा उक्त विहारको जिर्णोद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको इतिहास उल्लेख छ ।

पाँच दिपकंर बुद्धका मुर्तिहरुलाई स्थानिय थथुवहिमा विराजमान गराई बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका सम्पूर्ण भिक्षुहरुलाई प्रसाद, चामललगायत बिभिन्न परिकारहरु दान दिने र पाँच दिपंकरको परिक्रमा गराई पूजा समेत दिएर मनाइने छ ।

भक्तपुर दरवार क्षेत्रसंगै रहेको प्रसिद्ध चतुब्रम्ह महाविहारका संघ सदस्य जयरत्न बज्राचार्यले नेपाल सम्वत् ७८७ मा आफ्ना दिवंगत पिता जयदेव बज्राचार्यको नाममा दिपंकर बुद्ध लगायत विभिन्न विहारका संघ सदस्यहरुलाई निमन्त्रणा गरेर सम्यक भोजनदान गरी यस पर्वको स्थापना गरेको शिलापत्रमा उल्लेख रहेको बताए ।

उक्त समयमा जयकीर्ति महाविहार अत्यन्तै जिर्ण अवस्थामा रहेको हुँदा जयरत्न बज्राचार्यबाटै नेपाल सम्बत ७९४ मा उक्त विहारको जिर्णोद्वार गरी सोही वर्ष राजा जय जितामित्र मल्लको उपस्थितिमा सम्यक महादान भव्य रुपमा सम्पन्न गरेको इतिहास उल्लेख छ । सम्यक दानमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दिक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्दहरुलाई भोजन, अन्न दक्षिणा दिईने प्रचलन रहेको समितिका सल्लाहकार सप्तचन्द्र बज्राचार्यले जानकारी दिए ।

यसवर्ष सम्यक दान पर्व मनाउने पालो सप्तचन्द्र बज्राचार्यलगायतको परिवकारको रहेकाले जयकीर्ति महाविहारमा एकसाता अघिदेखि नै बसोबास गरी पर्वको लागि आवश्इक पर्ने विशेष प्रकारको पुरी, लड्डू लगायतका अन्य सामग्रीहरुको व्यबस्थापन गर्न व्यस्त रहेको समितिका राजुमन बज्राचार्यले बताए । यसवर्ष पर्व अबलोकन गर्ने लगायत सम्यक दान लिने बौद्ध धर्मावलम्बिहरु अघिल्लो वर्षहरुमा भन्दा बढि हुने अनुमान गर्दै सोही अनुरुप तयारी भइरहेको बताए । सम्यक महादानका क्रममा जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा चतुब्रम्ह महाविहार संघका कुल देवता हेबज नैरात्मालाई सबभन्दा पहिले भोजन दान दिने परम्परा रहेको रबिचन्द्र बज्राचार्यले बताए ।

त्यसपछि लहरै मूल दिपंकर, बाहाछे दिपंकर, भौरबही दिपंकर, ययुबही दिपंकर र कुथुबहि दिपंकरलाई भोजन चढाउने गरिन्छ । यसैगरि क्रमवद्ध रुपमा विराजमान गराईएका चार वटा सम्यक द्यो (सुवर्ण दिपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरु र लामबद्ध भएर बसेका सयौं बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरुलाई सम्यक दान दिने परम्परा रहदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको