भक्तपुर । चाँगुनारायण नगरपालिका–५, पिखेलस्थित दीप सरस्वती इङ्ग्लिस सेकेण्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका हुन्।
विद्यालयका अनुसार ३.६० देखि ४.०० जीपीए समूहमा ३ जना विद्यार्थी रहेका छन् भने ३.२० देखि ३.६० जीपीए ल्याउने १० जना विद्यार्थी छन्। त्यसैगरी २.८० देखि ३.२० जीपीए समूहमा ७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।
यसैबीच, भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ४ पोखरेलगाउँ निवासी विद्यार्थी श्रीजित पोखरेलले ४ GPA ल्याउँदै विद्यालयको गौरव बढाएका छन्। दीप सरस्वती सेकेण्डरी स्कूलबाट एसईई दिएका उनले उत्कृष्ट नतिजा हासिल गरेपछि स्थानीय तह तथा विद्यालय परिवारमा खुसीको वातावरण छाएको छ।
विद्यालयले यस सफलतालाई विद्यार्थीको कठोर मेहनत, शिक्षकको समर्पण र अभिभावकको निरन्तर सहयोगको प्रतिफल भएको जनाएको छ। विद्यालय प्रशासनले आगामी दिनमा पनि गुणस्तरीय शिक्षालाई थप प्रभावकारी बनाउँदै उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।



