बुधबार, जेष्ठ २७, २०८३

28.8 C
Bhaktapur
बुधबार, जेष्ठ २७, २०८३
28.8 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रमित्रश्री पाठशालाको शतप्रतिशत नतिजा, दुई विद्यार्थीले ल्याए ३.९५ जीपीए

मित्रश्री पाठशालाको शतप्रतिशत नतिजा, दुई विद्यार्थीले ल्याए ३.९५ जीपीए

भक्तपुर । चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित मित्रश्री पाठशाला ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८० मा शतप्रतिशत नतिजा हासिल गरेको छ।

विद्यालयका अनुसार परीक्षामा सहभागी भएका २१ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्।

नतिजा विवरण:

  • ३.६ देखि ४.० जीपीए: ८ जना
  • ३.२ देखि ३.५९ जीपीए: ११ जना
  • २.८ देखि ३.१९ जीपीए: २ जना
  • कुल विद्यार्थी: २१ जना (शतप्रतिशत उत्तीर्ण)

यस वर्ष दुई जना विद्यार्थीले ३.९५ जीपीए ल्याउँदै विद्यालय टप गरेका छन्।

विद्यालयले निरन्तर शतप्रतिशत नतिजा ल्याउँदै आएको छ। शिक्षक, विद्यार्थी र अभिभावकबीचको समन्वय तथा नियमित अभ्यासका कारण राम्रो नतिजा सम्भव भएको विद्यालयले जनाएको छ।

पछिल्ला वर्षहरूमा मित्रश्री पाठशाला दुवाकोट क्षेत्रको एक स्थापित शैक्षिक संस्थाका रूपमा परिचित हुँदै गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको