भक्तपुर, चैत २६ — चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कूलका विद्यार्थीहरूले आधारभूत शिक्षा परीक्षा (BEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका छन्। यस वर्षको परीक्षामा विद्यालयका विद्यार्थी अन्जन कटवालले ४.० GPA ल्याउँदै विशेष उपलब्धि हासिल गरेका छन्।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार १३ जना विद्यार्थीले A+ ग्रेड प्राप्त गरेका छन् भने २४ जनाले A ग्रेड हासिल गरेका छन्। त्यसैगरी ४ जनाले B+ र अन्य ४ जना विद्यार्थीले विभिन्न ग्रेड ल्याएका छन्। समग्र नतिजाले विद्यालयको शैक्षिक गुणस्तर तथा विद्यार्थीहरूको मेहनत स्पष्ट रूपमा झल्काएको छ।
विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूको निरन्तर मेहनत, अनुशासन र समर्पणका साथै शिक्षकको मार्गदर्शन र अभिभावकको साथ–सहयोगले यस्तो उत्साहजनक उपलब्धि हासिल गर्न सम्भव भएको हो। विद्यालयले अन्जन कटवालको सफलतालाई विशेष रूपमा प्रशंसा गर्दै उनलाई अन्य विद्यार्थीहरूका लागि प्रेरणाको स्रोतका रूपमा लिएको जनाएको छ।
विद्यालयले सबै सफल विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उच्च उपलब्धि हासिल गर्न प्रेरित गरेको छ। “यो सफलता भविष्यका अझ ठूला उपलब्धिहरूको सुरुआत मात्र हो,” विद्यालयले जनाएको छ।
सम्पर्कका लागि:
फोन: ०१-६६१४८९६, ०१-६६१५७०२
ठेगाना: चाँगुनारायण–२, दुवाकोट, भक्तपुर
इमेल: sungava2053@gmail.com
वेबसाइट: www.goldensungavaschool.edu.np
