भक्तपुर । चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भक्तपुर जिल्लाका विभिन्न स्थानबाट ३८ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ कात्तिक १५ गते सञ्चालन गरिएको चाडपर्व लक्षित स्विप अप्रेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
