बुधबार, कार्तिक १२, २०८३

18.1 C
Bhaktapur
बुधबार, कार्तिक १२, २०८३
18.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषभक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी : ‘भक्तपुर : हिजो, आज र भोलि’ विषयमा...

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी : ‘भक्तपुर : हिजो, आज र भोलि’ विषयमा अन्तरक्रिया गरिने

भक्तपुर। पठन संस्कृतिको प्रवर्द्धन तथा बालबालिका र विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास गर्ने उद्देश्यले भक्तपुरमा तीनदिने ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ आयोजना हुने भएको छ।

रोटरी क्लब अफ भक्तपुरको आयोजनामा भक्तपुरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा कात्तिक १२ देखि १४ गतेसम्म प्रदर्शनी सञ्चालन हुनेछ। बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रदर्शनीमा विभिन्न विधा र भाषाका पुस्तकका स्टलसँगै पुस्तक विमोचन, साहित्य वाचन, चित्रकला प्रतियोगिता तथा विभिन्न विषयमा अन्तरक्रियाका कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ।

पहिलो दिन पुस्तक विमोचन र कविता वाचन

कात्तिक १२ गते बिहीबार प्रदर्शनीको उद्घाटनसँगै पुस्तक विमोचन, ‘दरबारको दुःखान्त’ पुस्तकका लेखकसँग प्रत्यक्ष अन्तरक्रिया तथा डेट पोएट सोसाइटीको संयोजनमा ‘शून्य’ भाग–५ अन्तर्गत विशेष कविता वाचन कार्यक्रम आयोजना हुनेछ।

दोस्रो दिन चित्रकला प्रतियोगिता र साहित्यिक कार्यक्रम

कात्तिक १३ गते शुक्रबार आरएसी भक्तपुरको आयोजनामा जिल्लाव्यापी अन्तरविद्यालय चित्रकला प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितापछि पुरस्कार तथा प्रमाणपत्र वितरण गरिनेछ।

त्यसैगरी, भक्तपुर साहित्यिक समाजको संयोजनमा ‘ख्वपमा गजल’ वाचन सत्र आयोजना हुनेछ। बुक क्लब भक्तपुरको संयोजनमा ‘भक्तपुर : हिजो, आज र भोलि’ विषयमा छलफल कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ।

तेस्रो दिन शिक्षक शिक्षा र पठन संस्कृतिबारे विमर्श

कात्तिक १४ गते शनिबार प्रदर्शनीको अन्तिम दिन ‘नेपालमा शिक्षक शिक्षा र आधुनिकीकरणमा नयाँ आयाम’ विषयमा विचारविमर्श हुनेछ। साथै, बुक क्लब भक्तपुरको संयोजनमा ‘पठन संस्कृति : किन र कसरी ?’ विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।

प्रदर्शनीमा विभिन्न विधा र भाषाका पुस्तकका स्टलका अतिरिक्त पुस्तक विमोचन, साहित्य वाचन, चित्रकला प्रतियोगिता, पुरस्कार वितरण तथा अन्तरक्रियाका कार्यक्रम सञ्चालन हुनेछन्। यसका साथै भक्तपुरको परम्परागत नेवारी मौलिक परिकारका स्टलसमेत राखिने आयोजकले जनाएको छ।

पुस्तक, साहित्य, शिक्षा र संस्कृतिलाई एउटै थलोमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीले विद्यार्थी तथा नयाँ पुस्तामा अध्ययनप्रतिको रुचि बढाउन र स्थानीय साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

रोटरी क्लब अफ भक्तपुरले विभिन्न विद्यालय, कलेज, पुस्तकालयकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक, साहित्यप्रेमी तथा सम्पूर्ण पुस्तकप्रेमीलाई प्रदर्शनीमा सहभागी भई पठन संस्कृतिको विकासमा हातेमालो गर्न आग्रह गरेको छ ।

प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले गर्ने कार्यक्रम छ।
#रोटरीपुस्तकप्रदर्शनी२०८३#भक्तपुर#पठनसंस्कृति#पुस्तकप्रदर्शनी#साहित्य#शिक्षा#ख्वप#RotaryClubOfBhaktapur

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको