शुक्रबार, कार्तिक १४, २०८३

14.1 C
Bhaktapur
शुक्रबार, कार्तिक १४, २०८३
14.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रचाँगुनारायण नगरपालिकाका पाँच कर्मचारीलाई बिदाइ

चाँगुनारायण नगरपालिकाका पाँच कर्मचारीलाई बिदाइ

भक्तपुर । चाँगुनारायण नगरपालिकामा कार्यरत पाँच जना कर्मचारीको स्वैच्छिक अवकाशसम्बन्धी बिदाइ कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिकामा कार्यरत शर्मिला पोखरेल, खिला कुमारी मल्ल, हरिनारायण प्रसाद साह, पार्वती आले तथा इन्द्रमाया श्रेष्ठको स्वैच्छिक अवकाशका अवसरमा बिदाइ कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नगरप्रमुख जीवन खत्रीलगायत नगरपालिकाका पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

नगरपालिकाले लामो समयसम्म सेवामा रहँदा कर्मचारीहरूले पुर्‍याएको योगदान, कर्तव्यनिष्ठा, समर्पण र सेवाप्रतिको प्रतिबद्धताको उच्च कदर गर्दै उनीहरूप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

नगरपालिकाको सेवा प्रवाहमा कर्मचारीहरूले निर्वाह गरेको भूमिका र पुर्‍याएको योगदान स्मरणीय रहने उल्लेख गर्दै अवकाशपछिको जीवन सुखमय, शान्तिपूर्ण, सुस्वास्थ्यपूर्ण तथा समृद्ध रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

स्वैच्छिक अवकाश प्राप्त कर्मचारीहरूको आगामी जीवन सुखद् र उपलब्धिमूलक बनोस् भन्ने कामनासहित नगरपालिकाले उनीहरूले संस्थाको सेवामा पुर्‍याएको योगदानप्रति सम्मान व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको