शनिबार, बैशाख ५, २०८३

21.1 C
Bhaktapur
शनिबार, बैशाख ५, २०८३
21.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषअवैध उत्खननदेखि कर्मचारी नियुक्तिकाे छानबिनकाे माग गर्दै चाँगुनारायण नगरपालिकाविरूद्ध आन्दोलनको घाेषणा

अवैध उत्खननदेखि कर्मचारी नियुक्तिकाे छानबिनकाे माग गर्दै चाँगुनारायण नगरपालिकाविरूद्ध आन्दोलनको घाेषणा

भक्तपुर । चाँगुनारायण नगरपालिकाका विभिन्न वडाहरूमा आजित अवैध माटाे उत्खननले जनता आजित छन् । यसका साथै नगरपालिकाका कर्मचारीहरूकाे व्यवहार तथा तिनीहरूकाे नियुक्तिकाे विषयले पनि जनता निराश छन् । नगरपालिकामा विभिन्न खाले विकृति र विसंगति बढेकाे व्यापक जनगुनासाे छ ।

जनताहरूले ती गुनासो विभिन्न तरिकाले व्यक्त गर्दा पनि त्यसकाे सुनुवाइ हुन नसकेको अवस्थामा बढ्दो वातावरणीय विनाश, अवैध उत्खनन र प्रशासनिक अपारदर्शिताविरुद्ध आन्दोलन घोषणा गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चाँगुनारायण नगरपालिकाले आन्दोलनको घाेषणा गरेको हाे । राप्रपाको चाँगुनारायण नगर कार्यसमितिले सोमबार ज्ञापन–पत्र जारी गर्दै नगरपालिकाको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै मागहरू सम्बोधन नभए चरणबद्ध सडक संघर्ष गर्ने चेतावनी दिएको हो।

राप्रपाले नगरपालिकाका नगर प्रमुख जीवन खत्रीलाई ज्ञापन पत्र बुझाउँदै राप्रपाले राखेका मागका सम्बन्धमा सम्वाेधन नगरे सडक संघर्ष गर्ने चेतावनी दिएकाे नगर कार्यसमितिका अध्यक्ष रमेश अधिकारीले जानकारी दिए ।

उनले जारी गरेको विज्ञप्तिमा नगर क्षेत्रमा मापदण्ड विपरीत भइरहेको बालुवा र माटोको उत्खनन तथा ढुवानीले वातावरणीय सन्तुलन गम्भीर रूपमा बिगारेको आरोप लगाइएको छ। अवैध उत्खननमा संलग्न व्यक्तिहरूलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन पार्टीले माग गरेको छ।

त्यस्तै वातावरणीय प्रभाव मूल्याङ्कनबिना सञ्चालनमा रहेका ईट्टा भट्टाहरूले स्थानीय जनस्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको भन्दै यस्ता उद्योगहरूलाई कानुनी मापदण्डभित्र ल्याउन र आवश्यक परे बन्द गर्न पनि माग गरिएको छ।

विज्ञप्तिमा टनेल खेतीका नाममा विषादीको अनियन्त्रित प्रयोग भइरहेको भन्दै यसले जनस्वास्थ्यमाथि जोखिम बढाएको उल्लेख गरिएको छ। त्यसैले प्राविधिक अनुगमन कडा बनाउँदै अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकासँग माग गरिएको छ।

नगर क्षेत्रमा आधारभूत पूर्वाधारबिना भइरहेको प्लटिङ र तीव्र सहरीकरणलाई पनि राप्रपाले गम्भीर समस्या मानेको छ। ढल, खानेपानी र सडकको व्यवस्था नभई बसोबास विस्तार गर्न नदिने “पहिलो पूर्वाधार, अनि मात्र बसोबास” नीति लागू गर्न पार्टीले जोड दिएको छ।

त्यस्तै नगरपालिकामा मापदण्ड मिचेर गरिएको कर्मचारी नियुक्ति र विचौलियाको प्रभाव अन्त्य गर्नुपर्ने माग पनि गरिएको छ। योग्यता र क्षमताका आधारमा पारदर्शी नियुक्ति प्रक्रिया अपनाउन र गैरकानुनी नियुक्ति खारेज गर्नुपर्ने राप्रपाको भनाइ छ। सामुदायिक विद्यालयहरूलाई सुदृढ बनाउनुको सट्टा ‘मर्ज’ गर्ने नीति ल्याइएको भन्दै पार्टीले उक्त नीति तत्काल फिर्ता लिन पनि माग गरेको छ।

साथै ऐतिहासिक मन्दिर, ढुंगेधारा, पाटी–पौवा जस्ता सांस्कृतिक सम्पदाको संरक्षणका लागि पर्याप्त बजेट छुट्याउन र फोहोरमैला व्यवस्थापनको दिगो समाधान खोज्न नगरपालिकालाई आग्रह गरिएको छ। राप्रपाले आफ्ना माग पूरा गराउन पत्रकार सम्मेलन, हस्ताक्षर संकलन अभियान, प्रभावित वडामा धर्ना, नगरपालिकाको मुख्य कार्यालय घेराउ तथा माग पूरा नभए प्रतीकात्मक तालाबन्दीसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

नगर कार्यसमितिले यो आन्दोलन कुनै व्यक्ति विशेषविरुद्ध नभई सुशासन, वातावरण संरक्षण र नगरवासीको हितका लागि भएको दाबी गर्दै नागरिक समाज, सञ्चारकर्मी र स्थानीयवासीलाई समर्थन गर्न अपिल गरेको छ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख जीवन खत्रीले राप्रपाले राखेको मागलाई यथासक्य छिटो सम्बाेधन गर्ने आश्वासन दिएको राप्रपा चाँगुनारायणले जनाएको छ ।

यसअघि पनि ताथलीका युवा तथा सराेकारवालाहरूले माटाे उत्खननसम्बन्धी गुनासोका साथ नगरपालिकाकाे ध्यानाकर्षण गराएका थिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको