माननीय रुकेश रन्जितज्यू, प्रतिनिधि सभा सदस्यभक्तपुर क्षेत्र नं. १
सबैभन्दा पहिले प्रतिनिधि सभाको निर्वाचनमा प्राप्त ऐतिहासिक विजयका लागि तपाईंलाई हार्दिक बधाई तथा शुभकामना ! लोकतान्त्रिक राजनीतिमा कहिलेकाहीँ यस्ता क्षणहरू आउँछन्, जसले स्थापित विश्वास र पुराना धारणालाई चुनौती दिन्छन्। तपाईंको विजय त्यस्तै एउटा ऐतिहासिक क्षण हो भन्ने मलाई लाग्छ ।
भक्तपुरमा चार दशकदेखि एउटा स्थापित धारणा थियो, `भक्तपुर क्षेत्र नं. १ भनेको नेपाल मजदुर किसान पार्टीको अभेद्य किल्ला हो।´ यो धारणा राजनीतिक टिप्पणी मात्र थिएन, यसले यहाँको निर्वाचन परिणामलाई लगभग पूर्वानुमानित बनाइदिएको थियो। तर २०८२ सालको प्रतिनिधि सभा निर्वाचनले त्यो धारणा भत्काएको छ। तपाईंले स्थापित राजनीतिक समीकरणलाई चुनौती दिँदै नयाँ अध्यायको सुरुवात गर्नुभएको छ। निर्वाचनको अन्तिम मत परिणामले पनि यही परिवर्तनलाई पुष्टि गरेको छ।
तपाईंले ३३,४३६ मत प्राप्त गरी विजय हासिल गर्नुभयो भने तपाईंका प्रमुख प्रतिस्पर्धी प्रेम सुवालले २८,१४७ मत प्राप्त गर्नुभयो। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार किरण न्यौपानेले ४,२८२ मत र नेकपा एमालेका उम्मेदवार सोमप्रसाद मिश्रले ३,७२१ मत प्राप्त गरेका थिए। यसरी तपाईंले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ५,२८९ मतले पराजित गर्दै भक्तपुर क्षेत्र नं. १ मा नयाँ राजनीतिक समीकरण स्थापित गर्नुभएको हो।
रोचक कुरा के छ भने, तपाईंको जितभन्दा बढी चर्चा प्रतिस्पर्धीको हारले पाएको देखिन्छ। लामो समयदेखि अडिग मानिएको राजनीतिक संरचना अचानक परिवर्तन हुँदा समाजमा कौतुहल, आश्चर्य र बहस जन्मिन्छ। त्यसैले आज भक्तपुर क्षेत्र नं. १ देशव्यापी चासोको विषय बनेको छ। देशभरका नागरिकहरूले भक्तपुरलाई उत्सुकता, सन्देह र आशाका दृष्टिले नियालिरहेका छन्। उनीहरू हेर्न चाहन्छन्, यो परिवर्तन क्षणिक थियो कि इतिहासको नयाँ मोड?
माननीयज्यू,
भक्तपुर नगरपालिकाको एक सामान्य व्यवसायी, सामाजिक अभियन्ता र सचेत नागरिक आज देशको सर्वोच्च विधायिका संसदमा पुगेका छन्। यो केवल व्यक्तिगत सफलता मात्र होइन, लोकतान्त्रिक समाजको सम्भावनाको उदाहरण पनि हो। व्यक्तिगत रूपमा मैले तपाईंलाई नजिकबाट चिनेको छैन। तर २०८२ सालको निर्वाचनले तपाईंलाई चिन्ने अवसर दिएको छ। निर्वाचनअघि तपाईं एउटा उम्मेदवार हुनुहुन्थ्यो; निर्वाचनपछि तपाईं सम्पूर्ण भक्तपुरका प्रतिनिधि बन्नुभएको छ। संसदमा पुगेपछि जनप्रतिनिधिको पहिचान दलभन्दा ठूलो हुन्छ। त्यहाँ तपाईंको अर्जुन दृष्टि एउटै हुनुपर्छ, जनता, जनचाहना र जनअपेक्षा।
संसद भवनभित्र तपाईंले कुनै दल, विचारधारा वा आस्थाको पर्खाल खडा गरेर जनताको आवाज रोक्न पाउनुहुन्न। कुनै दलको विचारको चश्मा लगाएर जनताको मागलाई अन्देखा गर्ने अधिकार पनि तपाईंलाई छैन। लोकतन्त्रको मूल सार यही हो, जहाँ जनताको हित छ, त्यहीँ उभिन सक्ने साहस।
निर्वाचनका क्रममा तपाईंका प्रतिस्पर्धी उम्मेदवारहरूले पनि विभिन्न एजेन्डा र कार्यक्रमहरू प्रस्तुत गरेका थिए। तीमध्ये धेरै विषयहरू जनताको हितसँग सम्बन्धित छन्। त्यसैले ती एजेन्डाहरू जुनसुकै दलले उठाएको भए पनि यदि ती भक्तपुरका जनताको हितमा छन् भने संसदमा उठाउने जिम्मेवारी तपाईंको पनि हुन्छ।
किनकि भक्तपुरका जनता कुनै दल विशेषको पेवा होइनन्। जनताको चाहना परिवर्तन हो। जनताको चाहना विकास हो। जनताको चाहना समुन्नत समाज निर्माण हो। दल र उम्मेदवार साधन मात्र हुन्। साध्य भने जनताको समृद्धि र खुसी हो।
माननीयज्यू,
अब भक्तपुरको भविष्यबारे केही मननयोग्य कुरा राख्न चाहन्छु। भक्तपुर एउटा साधारण सहर होइन। यो सहर शताब्दीयौँ पुरानो कला, संस्कृति, शिल्प र वास्तुकलाको जीवित संग्रहालय हो। यहाँका दरबार, मन्दिर, चोक, गल्ली र परम्परागत घरहरू भाैतिक संरचना मात्र होइनन्, ती हाम्रो सभ्यता र सृजनशीलताको ऐतिहासिक प्रमाण हुन्।
तर अतीतको गौरवमा रमाउनु मात्र पर्याप्त हुँदैन। इतिहासले मात्र भविष्य निर्माण गर्दैन। आजको यथार्थ के हो भने आधुनिक विकासका धेरै सूचकहरूमा भक्तपुर पछि परेको अनुभूति हुन्छ। रोजगारी, आर्थिक अवसर, औद्योगिक विकास, व्यापार–वाणिज्य, पूर्वाधार निर्माण, उच्च शिक्षा र अनुसन्धानका क्षेत्रमा भक्तपुरको गति अपेक्षाकृत सुस्त देखिन्छ।
जब वरपरका सहरहरू तीव्र गतिमा अघि बढिरहेका छन्, भक्तपुर अझै सुस्त गतिमा अघि बढिरहेको अनुभूति हुन्छ। अन्य सहरहरू रकेटको गतिमा उडिरहेका छन् भने भक्तपुर ट्याक्टरको गतिमा अघि बढिरहेको जस्तो देखिन्छ। यही कारणले म भन्छु, भक्तपुरलाई अब एउटा “पूरक क्रान्ति” आवश्यक छ। यो क्रान्ति संस्कृति भत्काउने क्रान्ति होइन। यो क्रान्ति इतिहास नष्ट गर्ने क्रान्ति पनि होइन। यो क्रान्ति भनेको परम्परा जोगाउँदै आधुनिक समृद्धितर्फ अघि बढ्ने क्रान्ति हो। संस्कृति बचाउँदै आर्थिक विकास गर्ने क्रान्ति हो। इतिहासलाई सम्मान गर्दै भविष्य निर्माण गर्ने क्रान्ति हो। यस पूरक क्रान्तिको नेतृत्व गर्ने जिम्मा भक्तपुरका जनताले तपाईंलाई दिएका छन्।
माननीयज्यू,
यस सन्दर्भमा अर्को अत्यन्त महत्वपूर्ण विषय ख्वप सांस्कृतिक विश्वविद्यालयको हो। नेपाल मजदुर किसान पार्टीको घोषणापत्रमा उल्लेख गरिएको ख्वप विश्वविद्यालय र नेकपा एमालेको प्रतिबद्धता पत्रमा प्रस्ताव गरिएको ख्वप सांस्कृतिक विश्वविद्यालय, यी दुवै प्रस्ताव आज भक्तपुरे जनताको साझा आकांक्षामा परिणत हुँदै गएका छन्।
नेपालमा विश्वविद्यालयहरूको संख्या कम छैन। तर मौलिक चरित्र भएको विश्वविद्यालय भने अत्यन्त दुर्लभ छ। भक्तपुर कला, संस्कृति, शिल्प, मूर्तिकला, वास्तुकला र जीवित परम्पराको विश्वस्तरीय केन्द्र हो। यदि यहाँ सांस्कृतिक विश्वविद्यालय स्थापना गर्न सकियो भने यसले केवल शिक्षाको क्षेत्रलाई मात्र होइन, सम्पूर्ण समाजलाई रूपान्तरण गर्न सक्छ।
यसले शैक्षिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नेछ, कला र संस्कृतिको अध्ययनलाई विश्वव्यापी बनाउनेछ, नयाँ अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्नेछ, हजारौँ युवालाई रोजगारीको अवसर दिनेछ, भक्तपुरको आर्थिक जीवनस्तरलाई गुणात्मक रूपमा उकास्नेछ।
माननीयज्यू,
आज भक्तपुर एउटा निर्णायक मोडमा उभिएको छ। यदि दूरदर्शी नेतृत्व प्राप्त भयो भने यो सहर सम्पदाको शहर मात्र होइन, ज्ञान, शिक्षा, संस्कृति र समृद्धिको केन्द्र बन्न सक्छ। यदि तपाईंले भक्तपुरमा आवश्यक पर्ने पूरक क्रान्ति सुरु गर्न सक्नुभयो भने इतिहासले तपाईंलाई केवल सांसदका रूपमा होइन, परिवर्तनका नेतृत्वकर्ता रूपमा सम्झिनेछ। के तपाईं जनताले चाहेकाे पूरक क्रान्तिकाे नेतृत्व गर्न सक्नुहुन्छ ? जनता हेरिरहेका छन् ।
अन्त्यमा, भक्तपुरको विकास र समृद्धिका लागि आवश्यक पर्ने कुनै पनि बौद्धिक, सामाजिक वा नागरिक सहयोगका लागि म सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दै, भक्तपुरको उज्ज्वल भविष्यको आशासहित यो खुला पत्र समाप्त गर्न चाहन्छु। धन्यवाद।
राजेन्द्र काेजू, पिएचडी, भक्तपुर
- डा. काेजू, राजनीतिक विश्लेषक, लेखक, कवि तथा शिक्षाकर्मी हुन् ।

बिचार लेख राम्रो छ तर भक्तपुरका कला संस्कृति जोगाउन पर्छ त्यसको साथसाथै बिकासलाइ पछाडि पार्न हुदैन समय परिवर्तन दुबै चिजलाई अगाडि बढाउन अत्यन्त जरुरी भैसकेको छ ।
dapoxetine hydrochloride 30 mg
dapoxetine hydrochloride 30 mg
finasteride for hair loss
finasteride for hair loss
prescription antibiotics
prescription antibiotics
vibramycin acne
vibramycin acne
lasix
lasix
misoprostol price for abortion
misoprostol price for abortion
tadalafil daily dosage
tadalafil daily dosage
cialis side effects with alcohol
cialis side effects with alcohol