सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरचाँगुनारायणमा विद्यालय तह घटुवा र खुला प्रअ विज्ञापन स्थगन गर्न माग

चाँगुनारायणमा विद्यालय तह घटुवा र खुला प्रअ विज्ञापन स्थगन गर्न माग

भक्तपुर । चाँगुनारायण नगरपालिकामा विद्यालयको तह समायोजन (कक्षा स्थगन/घटुवा) तथा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक (प्रअ) व्यवस्थापन गर्ने निर्णयप्रति कार्यरत प्रअ, शिक्षक, विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.), अभिभावक तथा स्थानीय शिक्षाप्रेमीहरुले गम्भीर ध्यानाकर्षण गराएका छन्।

२०८२ पुष २४ गते शिक्षा समितिको निर्णयका आधारमा मिति २०८२ माघ ०२ गते नगर शिक्षा शाखाद्वारा प्रकाशित सूचना अनुसार विद्यालय तह समायोजन स्थगन तथा खुला प्रअ व्यवस्थापन नयाँ शैक्षिक सत्रदेखि कार्यान्वयन गर्ने तयारी गरिएको थियो। उक्त निर्णयले सामुदायिक विद्यालयको भविष्यमा दीर्घकालीन नकारात्मक असर पार्ने भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन्।

ध्यानाकर्षण पत्रमा चाँगुनारायण नगरपालिकाले २०८२ साललाई ‘प्रोत्साहन वर्ष’ को रूपमा आत्मसात गर्दै विद्यालय सुधारका लागि योजनाबद्ध प्रयास अघि बढाइरहेको अवस्थामा विद्यालयको कक्षा स्थगन वा घटुवा गर्नु राष्ट्रिय शिक्षा नीतिले सुनिश्चित गरेको प्रत्येक बालबालिकाको निःशुल्क तथा अनिवार्य शिक्षाको संवैधानिक अधिकार विपरीत भएको उल्लेख गरिएको छ। आवश्यक सकारात्मक पहल नगरी सम्पूर्ण जिम्मेवारी विद्यालय नेतृत्व अर्थात् प्रअमाथि मात्र थोपर्नु न्यायसंगत नहुने उनीहरूको भनाइ छ।
आइतबार नेपाल क्रान्तिकारी शिक्षक संघ, चाँगुनारायणले शिक्षा शाखा र नगर उपप्रमुख रमेश बुढाथोकीकाे ध्यानाकर्षण गराउँदै नगरपालिकाकाे उक्त काम सार्वजनिक शिक्षाका लागि उपयुुक्त नहुने भन्दै ज्ञापनपत्र बुझाए ।

ज्ञापनपत्र बुझाउने क्रममा संघका अध्यक्ष नारायण दुलालले शाखाका अधिकृत दिनेश अर्यालसँग प्रश्न गरेका थिए । उनले साे सम्बन्धमा कार्यपालिका र शिक्षा समितिमा पुर्याउने बताए ।
उपप्रमुख बुढाथोकीले शिक्षकहरूकाे मागमा आफ्नो ध्यानाकर्षण भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको