सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रज्योति माविमा कविता प्रतियोगिता : पञ्चकन्याकी सुदिना दुलाल प्रथम

ज्योति माविमा कविता प्रतियोगिता : पञ्चकन्याकी सुदिना दुलाल प्रथम

भक्तपुर । २ सूर्यविनायक नगरपालिका–७, किवाचोकस्थित श्री ज्योति माध्यमिक विद्यालयको आयोजनामा अन्तर–विद्यालय कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ। सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति भक्तपुरको शैक्षिक सत्र २०८२ को वार्षिक कार्यतालिका अनुसार सो प्रतियोगिता सञ्चालन गरिएको हो।

भक्तपुरका सार्वजनिक विद्यालयहरूबीच भएको प्रतिस्पर्धामा पञ्चकन्या माध्यमिक विद्यालयकी छात्रा सुदिना दुलाल प्रथम हुन सफल भए । प्रतियोगिताको अन्य नतिजा अनुसार द्वितीय: रिया झांगजु (विद्यार्थी निकेतन मावि), तृतीय: मनिषा तामाङ र सान्त्वना: निशा थापा (वागीश्वरी मावि) भएका निर्णायक समितिले जनाएको छ ।
​विद्यालयका प्रधानाध्यापक एवं कार्यक्रमका सभापति मिलन कायस्थको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुई प्रमुख अतिथिका रूपमा रहेका थिए । कार्यक्रममा शिक्षक सुरेश बखुन्छेलगायतका शिक्षकले साहित्यकाे महत्त्वबारे चर्चा गरेका थिए ।

सार्वजनिक माविका ३१ जनाकाे स्पर्धा रहेको प्रतियोगिताको निर्णायक भूमिकामा साहित्यकारद्वय हरिसुन्दर छुकां र काशीराम विरस रहेका थिए ।

विजेता विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा सभापतिले बधाई ज्ञापन गर्दै प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए ।

विद्यार्थीहरूको सिर्जनात्मक क्षमता प्रस्फुटन गराउने उद्देश्यले यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गरिनुपर्नेमा सहभागी वक्ताहरूले जोड दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको