सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentविचारनि: शुल्क शिक्षा, स्वास्थ्य र आर्थिक समानताका लागि मेरो उम्मेदवारी 

नि: शुल्क शिक्षा, स्वास्थ्य र आर्थिक समानताका लागि मेरो उम्मेदवारी 

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १ स्थित पिता कृष्णबहादुर तामाङ,मालता राममाया तामाङकी छोरी मुना तामाङको जन्म २०४५ सालमा भएको हो। विगत दुई दशकदेखि राजनीतिमा लाग्नुभएकी महिला नेतृ मुना तामाङ नेपाल क्रान्तिकारी युवा संघको केन्द्रीय सदस्य हुनुहुन्छ। नेपाल मजदुर किसान पार्टी मजदुर, किसानको वृहत्तर हित, सामाजिक न्याय प्रदान गर्ने र देश भक्तहरुको पार्टी हो। निर्वाचन जनताको चेतना स्तर नाप्ने व्यारोमिटर भाए‌को बताउनुहुन्छ प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. २ की उम्मेदवार मुना तामाङ। उहाँसँग रेडियो एविसीले गरेको मुख्य कुराकानीको अंश यहाँ प्रस्तुत गरिएको छः

प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ मा नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारी दिनुभयो कस्तो अनुभूति गर्नुभयो ?

म नेपाल मजदुर किसान पार्टीको सदस्य भइ कार्य गर्न पाउँदा नै भाग्यमानी ठानेको छु । मजदुर र किसानहरुको आर्थिक रुपान्तरण गर्न, देशभक्तहरुलाई समाहित गरी विदेशी साम्राराज्यवादहरुलाई परास्त गरी समाजवादको स्थापना गरी सामाजिक न्याय कायम गर्न नेपाल मजदुर किसान पार्टी २०३१ साल माघ १० गते पार्टी स्थापना भएको हो। हालसम्म यो पार्टीको अध्यक्षमा नारायणमान बिजुक्छे हुनुहुन्छ। काभ्रेमा २०३४ सालमा माधवनारायण जोशीको नेतृत्वमा गठन भएको हो। यो पार्टीको सिपाही भई उम्मेदवारी दिन पाउँदा हर्षित भएको छु। काभ्रे क्षेत्र नं. २ का मतदाताले विश्वास गरी मतदान गर्नुहनेछ भन्ने अपेक्षा गरेको छु। विजयी भए असल ऐन नियम बनाउन सक्षम छु भन्न चाहन्छु।

प्रतिनिधिसभा काभ्रे क्षेत्र नं. २ का मतदाताले तपाईलाई किन मतदान गर्ने?

नेपाल मजदुर किसान पार्टी निष्ठावान छवि बोकेको श्रमजीवी वर्गको पार्टी हो। मजदुर र किसानको हित र समस्यालाई समाधान गर्न लागि पर्छ। यो पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे देश र जनताको हित, समाजवाद ल्याइ मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्नुभएका निस्ठावान व्यक्तित्व हुनुहुन्छ। कांग्रेस, एमाले, तत्‌कालीन माओवादी केन्द्रका भ्रस्ट नेता विदेशी लम्पसार वादीको भण्डाफोर गर्ने पार्टी हो। मजदुर किसान पार्टी हाम्रो पार्टीका सांसद प्रेम सुवालले संसद भवनमा भस्टहरु जतिको सातो पुत्लो उड्ने गने गरी आफ्ना विषय बस्तु राख्नुहुन्छ। जनताका मुद्दाहरुलाई उठाई राज्य व्यवस्थामा सुशासन कायम गर्न भूमिका खेल्नुभएको छ। भक्तपुर जिल्लामा शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तर विकास सर्व सुलभ, विश्व कै नमुना कार्य गरेकोबाट प्रेरित र चर्चित छ। शिक्षा स्वास्थ्यमा पहुँच विस्तार, उद्यमशीलता र उद्याेग विकास गर्न सकिने क्षेत्रमा उद्योग सञ्चालन. महिला सशक्तिकरण, उर्जा क्षेत्रको विकास, काभ्रे क्षेत्र नं. २ मा गर्न सकिन्छ। यो काभ्रे जिल्ला अथाह सम्भावना भएको जिल्ला हो। सांस्कृतिक, धार्मिक सम्पदाहरुको संरक्षण, पूर्वाधारको विकासमा स्थायित्व, विकास निर्माणमा हुने ढिलासुस्ति, ठेक्कापट्टामा हुने अनिमितता रोक्न स्पस्ट ऐन कानुनको प्रवन्ध जरुरी छ। मतदाताले मलाई मत दिई विजयी गराउनुभयो भने निष्ठापूर्वक जनहितको लागि आर्थिक सुशासन र पादर्शीता कायमका लागि असल कानुन निर्माण गरी कार्यान्वयनमा लग्ने कार्य गर्दछु। केथिति र विकृ‌तिको अन्त्यका लागि म र हाम्रो पार्टी कटिबद्ध भइललाग्ने छ। विगत ३६ वर्ष देखि बहुदल, २०६२/०६३ मा गणतन्त्र आउँदा समेत जनताको जीवनस्तर माथि उठ्न सकेको छैन। पार्टीका शिर्ष नेतृत्व, सत्ताको चास्नीमा डुबेर भ्रस्टलाई जोगाउन लाग्दा देशमा जेन-जी आन्दोलन भई कांग्रेस एमालेको सत्ता ढल्यो। देशमा समाजवादी व्यवस्था ल्याइ नागरिकहरुको दक्षता क्षमता अनुसारको काम, समान परिश्रमिक व्यवस्थाकाका लागि मजदुर किसान पार्टीका उम्मेदवारलाई जिताउनु पर्छ, समाजवादको अर्थ उत्पादनका मुख्य मुख्य साधन र सेवाहरु सामाजिकीकरण, शिक्षा र स्वास्थ्य उपचारमा निःशुल्क, योग्यता अनुसार काम, काम अनुसार ज्यालाको प्रबन्ध, विदेशमा सम्पत्ति राख्न नपाउने जनतालाई आर्थिक समान्ता कायम गर्ने नीति बनाउनु पर्छ।

चुनावमा विजयी हुने आधार के छन् ?

नेपाल मजदुर किसान पार्टी देशभक्तहरुको पार्टी हो। नेपालको हित विपरित सन्धी सम्झौता गरी देशलाई नव उपनिवेश बनाउने, देशद्रोही पार्टी उम्मेदवारलाई हराउने पनि निर्वाचन नै हो। मजदुर किसान पार्टी समाजवादी व्यवस्थाको लागि निर्वाचनलाई सहि उपयोग गर्छ। युवालाई देशभित्र रोजगारीको प्रवन्ध गरी देशलाई आत्मनिर्भर बनाउनुपर्ने विषयलाई नेमकिपाले जोड दिदै आएको छ। जनताले बहुमत दिए नीति निर्माण गरी कार्यान्वयन गर्ने छ। नेपालको नदिनालाबाट नेपालीकै लगानीमा बिजुली उत्पादन गरी खाना पकाउन, घरायसी उपयोग, कृषि उद्योग व्यापारको लागि सस्तोमा बिजुली उपलब्ध गराउने योजना अघि सारेको छ। अमेरिकी साम्राज्यवाद र भारतीय एकाधिकार पूंजीकाे निन्दा र भर्त्सना गर्दै आएको छ। नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को त्रिपक्षीय (नेपाल भारत-बेलायत) गोर्खा भर्ती सम्झौता, नेपाललाई भारतको सुरक्षा छातामा राख्ने १९५० को सन्धी तथा अमेरिकी नीति कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता अविलम्व खारेज गर्न हामी लाग्ने छाैं । ट्रम्प प्रशासनले हालै भेनेजुयलाका राष्ट्रपति माडुराे दम्पतीलाई अपहरण गरी अमेरीकामा लागुपदार्थ कारोबार सम्बन्धी झुटा मुद्दा लगायो। नेमकिपाले ट्रम्प प्रशासनको जंगली शासनको निन्दा गरेको छ। भारतीय विस्तारवाद, अमेरिकी साम्राराज्यवादको अन्त्य गर्ने नेपालमा देश भक्तहरुको पार्टीले बहुमत ल्यायो भने मात्र सम्भव छ। कांग्रेस, एमाले शासक दलहरुले जनताहरुको समस्या समाधान गर्न नसकेको, सम्भावित घुसपैठ र उपद्रवको पूर्वानुमान गर्न नसकेकको हुँदा गत भाद्र २३ र २४ गतेको हत्या आगजनी भएको राष्ट्रिय मानव अधिकार आयोगको वक्तव्यमा समेत उल्लेख गरेको छ। नेपालमा घुसपैठ गराइ उपद्रव मचाउने ट्रम्प प्रशासनको प्रजातन्त्रको लागि राष्ट्रिय सहयोग (NED), अन्तरराष्ट्रिय गणतान्त्रिक संस्था (IRI) संलग्न रहेको पनि खुलिसकेको छ। नेपालमा अन्तरराष्ट्रियस्तरको संघसंस्था संचालन गर्न रोक लगाउन आवश्यक छ। देशभक्त राष्ट्रिय शक्ति पार्टी मजदुर किसान पार्टीलाई दुईतिहाइ बहुमत दिएको खण्डमा देशमा समाजवाद र सामाजिक न्याय आर्थिक समानता कायम गर्न सक्छ। यिनै कारण मलविजयी हुने आधार हुन् । मादल चिन्हमा छाप लगाइ मुना तामाङलाई विजयी गराउन मतदातालाई अनुरोध गर्दछु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको