सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रचाँगुनारायणद्वारा प्रअ छनोटका लागि दौड सुरु : कार्यरत प्रअहरूकाे असन्तुष्टि

चाँगुनारायणद्वारा प्रअ छनोटका लागि दौड सुरु : कार्यरत प्रअहरूकाे असन्तुष्टि

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा प्रधानाध्यापक (प्रअ) छनोटका लागि औपचारिक प्रक्रिया सुरु गरेको छ।

नगरपालिका शिक्षा नियमावली, २०७४ तथा शिक्षा सम्बन्धी अतिआवश्यकीय कार्यसञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ बमोजिम प्रधानाध्यापक छनोट तथा व्यवस्थापन समितिको निर्णयअनुसार योग्य शिक्षकबाट दरखास्त आह्वान गरिएको हो।

नगरपालिकाले आधारभूत तह (कक्षा १–५), आधारभूत तह (कक्षा ६–८) र माध्यमिक तहका विद्यालयका लागि गरी कुल ३२ जना प्रधानाध्यापक छनोट गर्ने जनाएको छ। विज्ञापन अनुसार आधारभूत तह कक्षा १–५ का लागि १५ आधारभूत तह कक्षा ६–८ का लागि ४ र माध्यमिक तहका लागि १३ पद खुलाइएको छ।

आवेदन दिन इच्छुक शिक्षकले सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा गरेको हुनुपर्नेछ। आधारभूत तह कक्षा १–५ का लागि शिक्षा शास्त्र संकायमा बाह्र कक्षा उत्तीर्ण, कक्षा ६–८ का लागि स्नातक र माध्यमिक तहका लागि स्नातकोत्तर वा सो सरह योग्यता अनिवार्य गरिएको छ। जेष्ठताको अनुभवलाई छनोटमा प्राथमिकता दिइने नगरपालिकाले स्पष्ट पारेको छ।

प्रधानाध्यापक छनोट विद्यालय विकास प्रस्तावसहितको अन्तर्वार्ताबाट गरिनेछ। दरखास्त बुझाउने अन्तिम मिति २०८२ फागुन ७ गते तोकिएको छ। परीक्षा तथा अन्तर्वार्ताको मिति सम्पर्क मितिमा तोकिने जनाइएको छ।

आवेदनका साथ नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, स्थायी नियुक्ति पत्र, सेवा अवधि तथा विशेष अनुभव भएमा सोसम्बन्धी प्रमाणित कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

उक्त सूचना आएसँगै चाँगुनारायण नगरपालिकाका विभिन्न विद्यालयमा कार्यरत केही प्रधानाध्यापकहरूले असन्तुष्टि जनाएका छन् ।

1 COMMENT

  1. असन्तुष्टि हुनै पर्दैन नि। फेरी निबेदन गर्ने 5 वर्षलाई ढुक्कले चलाउने !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको