आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentसमाचारचाँगुनारायण–८ मा २११ जनाको एकैसाथ रास्वपामा प्रवेश

चाँगुनारायण–८ मा २११ जनाको एकैसाथ रास्वपामा प्रवेश


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा २११ जना नागरिक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

भ्रष्टाचार, बेथिति र विसङ्गतिविरुद्धको अभियानलाई बलियो बनाउँदै रास्वपा चाँगुनारायण नगरपालिका–८ वडा समितिको आयोजनामा सम्पन्न भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा स्थानीय आमा–बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रममा पार्टीको नीति, सिद्धान्त र राजनीतिक उद्देश्यबारे जानकारी गराउँदै नवप्रवेशीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको थियो।

रास्वपा चाँगुनारायण नगरपालिका–८ वडा समितिका सभापति नवीन कार्कीले जनताको विश्वास र सहभागिताले नै राजनीतिक परिवर्तन सम्भव हुने बताउँदै भ्रष्टाचारविरुद्धको लडाइँलाई स्थानीय तहबाटै सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमले चाँगुनारायण क्षेत्रमा रास्वपाको संगठन विस्तार र राजनीतिक सक्रियता थप सुदृढ बनाएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको