भक्तपुर – जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पाँच बुँदे निर्णय गरेको छ।
बैठकले जेनजी आन्दोलनले सरकारी कार्यालयमा भएको क्षतिको विवरण संकलन गरी आवश्यक सुझावसहित प्रतिवेदन तयार गर्ने, जिल्लामा रणनीतिक रूपमा संयुक्त गस्ती तथा चेकपोष्ट स्थापना गर्ने निर्णय गरेको छ। साथै, विगतदेखि रहेका प्रहरी वृत्त, चौकी तथा अस्थायी चौकीहरूको प्रभावकारिता हेरी आवश्यकताअनुसार स्थानान्तरण वा नयाँ व्यवस्था गर्ने भएको छ।
जिल्ला सुरक्षा समितिले स्थानीय तहका प्रमुख तथा सरोकारवाला निकायलाई आवश्यक सहयोग पुर्याउने र सुरक्षासम्बन्धी सेवा तथा सुझाव निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
