सोमवार, कार्तिक २४, २०८२

13.1 C
Bhaktapur
सोमवार, कार्तिक २४, २०८२
13.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रभक्तपुरको मेधा माविका ३ जनाकाे ४ जीपीए : नतिजा शतप्रतिशत

भक्तपुरको मेधा माविका ३ जनाकाे ४ जीपीए : नतिजा शतप्रतिशत

भक्तपुर । भक्तपुरको मेधा माध्यमिक विद्यालयका तीन विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) २०८१ मा भक्तपुरको तेखापुखुस्थित उक्त विद्यालयका तीन विद्यार्थीले ४ जीपीए हासिल गरेका हुन् । विद्यालयमा प्रधानाध्यापक श्याम हाडाले विद्यालयले गत वर्षजस्तै यश वर्ष पनि उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताए ।

विद्यालयबाट सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ३ जनाकाे ४ जीपीए, ६३ जनाकाे 3.61 – GPA 3.99 जीपीए, २७ जनाको GPA 3.20 – GPA 3.60 काे जीपीए हासिल भएको विद्यालयले जनाएको छ । परीक्षामा कूल ९३ जना विद्यार्थी सहभागी थिए ।

साे विद्यालय देशकै उत्कृष्ट विद्यालय समेत हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको