भक्तपुर । भक्तपुरको महेन्द्रग्राम माध्यमिक विद्यालयले ४ जिपिएसहित एसईईमा शतप्रतिशत नतिजा हासिल गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा भक्तपुर सुडालको श्री महेन्द्रग्राम माध्यमिक विद्यालयका सहभागी विद्यार्थीमध्ये एक जनाको ४ जिपिए आएको छ भने बाँकी सबै विद्यार्थी उत्तीर्ण भएका छन् । चाँगुनारायण नगरपालिका वडा नंं ८ सुडालस्थित उक्त विद्यालयबाट एसईई २०८१ मा कूल २५ विद्यार्थी सहभागी भएका थिए ।
सहभगी विद्यार्थीमध्ये ३.६०–३.९९ सम्म ४, ३.२–३.५९ सम्म १०, १० जनाले २.८– ३.१९ जिपिए हासिल गरेका विद्यालयले जनाएको छ ।
सो नतिजा नगरपालिकामा रहेका विद्यालयहरुमध्ये उत्कृष्ट नतिजा भएको देखिएको छ ।
