भक्तपुर । भक्तपुरका राम हाडा उत्कृष्ट प्रधानाध्यापक घाेषित भएका छन् । भक्तपुर दरबार क्षेत्रमा अवस्थित श्री पद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकमध्ये उत्कृष्ट भएका हुन् ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ERO) भक्तपुरवाट सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व कार्यसम्पादन परीक्षण, २०८१ अनुसार प्रधानाध्यापक राम हाडा “उत्कृष्ट प्रधानाध्यापक’’ हुन सफल भएका हुन् ।

उत्कृष्ट प्रधानाध्यापक घाेषणा भएकाल हाडाकाे सम्मानमा विव्यस तथा शिक्षक/ कर्मचारी परिवारले बधाई ज्ञापन गरेकाे छ । राम हाडा प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय समाज नेपालको अध्यक्ष समेत हुन् । उनले विद्यालयमा सूचना प्रविधिको प्रयोगलाई अगाडि बढाएका छन्।
राम हाडाकै नेतृत्वमा आधुनिक प्रविधि प्रयोग गरेर शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाएका छन्।
