शुक्रबार, जेष्ठ १०, २०८२

24.1 C
Bhaktapur
शुक्रबार, जेष्ठ १०, २०८२
24.1 C
Bhaktapur
HomeNews Contentसमाचारअवैध माटाे/ बालुवा खानीमा उपमेयरद्वारा सिल : क्यान्सर अस्पताललाई तीनदिने अल्टिमेटम

अवैध माटाे/ बालुवा खानीमा उपमेयरद्वारा सिल : क्यान्सर अस्पताललाई तीनदिने अल्टिमेटम

भक्तपुर । भक्तपुरको ताथलीमा भइरहेकाे अवैध माटाे/ बालुवा उत्खननकाे अनुगमनका क्रममा एक बालुवा/ माटाे उत्खनन स्थलमा सिल गरिएको छ भने काठमाडौं क्यान्सर सेन्टरलाई तीनदिने अल्टिमेटम सहितको पत्र काटिएको छ ।

नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले अवैध माटाे/ बालुवा सञ्चालन भइरहेका खानी तथा ठाउँहरूमा व्यापक रूपमा स्थलगत अनुगमन थालेका छन् ।

त्यस अन्तरगत मंगलबार राति अवेरसम्म ताथलीका विभिन्न स्थानमा अनुगमन गरेका छन् । साेही अनुगमनलाई बुधबार पनि निरन्तरता दिएका उनले बुधबार ताथलीकाे धाराकुलाेमा व्यक्तिको जग्गामा अवैध रूपमा माटाे र बालुवा उत्खनन गरिरहेकाे स्थानमा सिल गरेका छन् ।

नगरपालिकाकाे राजस्व शाखा, प्राविधिक शाखाका कर्मचारीहरू तथा नगर प्रहरीहरू र सञ्चारकर्मीहरूकाे उपस्थितिमा उक्त ठाउँमा उपमेयर बुढाथोकीले सिल गरेका हुन् । उनले साे ठाउँकाे स्थलगत अनुगमन गर्दा माटाे र बालुवा उत्खनन गरि विभिन्न स्थानमा चाेरी पैठारी गरिएको पाइएपछि उक्त स्थानलाई सिल गरि कानुनी दायरामा ल्याउने प्रयास गरिएको बताए ।

यसैगरी उनले ताथलीकाे काठमाडौं क्यान्सर सेन्टरकाे गेट प्रयाेेग गरी माटाे र बालुवा तस्करी भएकाे तथ्य फेला परेपछि मंगलबार साँझ ताला लगाएका थिए । अस्पताल गेटमा ताला लगाउँदा पनि अस्पताल नगरपालिकाकाे सम्पर्कमा नआएपछि अस्पताललाई तीनदिनकाे अल्टिमेटम दिएकाे छ ।

नगरपालिकाले सेन्टरमै पुगेर पत्र ठम्याएकाे उपप्रमुख बुढाथोकीले बताए ।

यससम्बन्धी भिडियो : https://www.facebook.com/share/v/1AEBxavmaq/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको