शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentशिक्षापारिजातमा विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान

पारिजातमा विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान

भक्तपुर । भक्तपुरको पारिजात विद्याकुञ्जले विद्यार्थी, शिक्षक र अभिभावकलाई एकसाथ सम्मान गरेको छ । विद्यालयको शिक्षालाई गुणस्तरीय भूमिका निर्वाह गर्ने मुख्य खम्बाका रुपमा रहेका विद्यार्थी, अभिभावक र शिक्षकलाई विद्यालयले एकसाथ सम्मान गरेको हो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको रातोपाटीस्थित उक्त विद्यालयले अभिभावक अभिमुखिकरण, विद्यार्थी सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी विद्यालयका महत्वपूर्ण पक्षलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल विक्रम थापाले बताए ।

‘विद्यालयको विकासका लागि विद्यार्थी, शिक्षक र अभिभावकको अन्तरसम्बन्ध रहन्छ, त्यही कुरालाई मनन् गरी हामीले सम्मान कार्यक्रम आयोजना गरेका हौं’, उनले भने ।
कार्यक्रममा शैक्षिक सत्र २०८१ मा विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी भई सफलता हासिल गर्न सफल २३ विद्यार्थीलाई अभिभावककै उपस्थितिमा सम्मान गरिएको थियो । आफ्‌नो अभिभावककै उपस्थितिमा सम्मानित हुन पाउँदा विद्यार्थी दंग परेका थिए भने आफ्‌नो सन्तानको सफलताको साक्षी हुन पाउँदा अभिभावक फुरुङ्ग भएका थिए ।
सम्मानित हुनेहरुमा एसईई २०८० मा सहभागी भएका विद्यार्थी, कक्षा १ देखि १० सम्मका उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी, खेल सप्ताहका विजयी विद्यार्थी र बाह्य अतिरिक्त क्रियाकलापमा सहभागी विद्यार्थीहरु रहेका छन् ।

कार्यक्रममा विद्यालयमा कार्यरत २१ शिक्षक र ४ कर्मचारीलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई विद्यालयका प्रिन्सिपल थापा, नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का, जागृति स्कुलका प्रिन्सिपल जगदिश पौडेल, आराधना स्कुलका साधुराम गैंडा, पूर्व विव्यस अध्यिक्ष महेन्द्रबहादुर खत्रीलगायतले सम्मान तथा पुरस्कृत गरेका थिए ।
सोही कार्यक्रममा असल अभिभावकत्वबारे अभिमुखिकरण समेत गरिएको थियो । अभिमुखिकरणका उत्प्रेरक विकासदेव योञ्जनले सहजीकरण गर्दै विद्यार्थीको भविष्य र चरित्र निर्माणमा अभिभावकको दायित्व महत्वपूर्ण हुने भएकाले विद्यार्थीका लागि अभिभावक नै मोडल हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष खड्काले पारिजात विद्याकुञ्जले शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेको उल्लेख गर्दै अभिभावकहरुलाई आफ्‌नै ठाउँको विद्यालय रोज्न उत्प्रेरित गरेका थिए । सांस्कृृतिक कार्यक्रमको क्रममा विद्यार्थीहरुले विभिन्न गीतसंगीतमा नृत्य, गायनका साथ आफूसँग भएको प्रतिभा प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको