शुक्रबार, जेष्ठ १०, २०८२

22.1 C
Bhaktapur
शुक्रबार, जेष्ठ १०, २०८२
22.1 C
Bhaktapur
HomeNews Contentशिक्षानगरकोट भ्रमण वर्ष २०८२ र पर्यटन प्रवर्धनमा युवाको भूमिका विषयक वक्तृत्वाकला प्रतियोगिता...

नगरकोट भ्रमण वर्ष २०८२ र पर्यटन प्रवर्धनमा युवाको भूमिका विषयक वक्तृत्वाकला प्रतियोगिता सम्पन्न

भक्तपुर । चाँगुनारायण नगरपालिकाको शिक्षा शाखाले नगरकोट भ्रमण वर्ष २०८२ लक्षित नगरस्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ ।

प्रतियोगितामा वडा नंं ८ का रिजोन्स दुलाल प्रथम, वडा नंं ३ की आकृति न्यौपाने द्धितीय, वडा नंं ९ का सुवर्ण केसी तृतीय र सुदीना खत्री सान्त्वना भएका थिए ।
स्पर्धामा प्रथम हुनेले ८ हजार ५ सय, दोस्रो हुनेले ६ हजार, तृतीय हुनले ३ हजार ५ सय र सान्त्वना हुनेले २ हजार ५ सय नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सोमबार आयोजित युवा प्रतिभा पहिचान अन्तर्गत नगरकोट भ्रमण वर्ष २०८२ र पर्यटन प्रवर्धनमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा १३ जना सहभागी थिए ।
चाँगुनारायण नगर गानका रचनाकार हरिहर तिमल्सिना, चाँगुनारायण नगरपालिकाका सूचना अधिकारी अनुप लामिछाने र साहित्यकार लक्ष्मी खत्री
मूल्याकंनकर्ता रहेको सो प्रतियोगितामा विजयी स्पर्धीहरुलाई प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँले नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा नगरकोट भ्रमण वर्ष २०८२ का फोकल पर्सन तथा विज्ञ घनश्याम खवितडा, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दिनेश अर्याल, शिक्षा शाखा अधिकृत रञ्जना सापकोटालगायतले नगरकोट भ्रमण वर्षबारे चर्चा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको