शुक्रबार, जेष्ठ १०, २०८२

22.1 C
Bhaktapur
शुक्रबार, जेष्ठ १०, २०८२
22.1 C
Bhaktapur
HomeNews Contentसमाचारभक्तपुरको चाँगुनारायणमा १९ वर्षीय युवक मृत फेला

भक्तपुरको चाँगुनारायणमा १९ वर्षीय युवक मृत फेला

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका– ४ खोरिया भन्ने ठाउँमा एक युवकको शव फेला परेको छ । १९ वर्षीय निरोज लामाको शव फेला परेको प्रहरीले जनाएको छ ।
चाँगुनारायण–४ स्थित २१ वर्षीय बादल तामाङको घरमा उनको शव फेला परेको हो ।

प्रहरीका अनुसार निरोज गएराति उनका साथी बादलको घरमा गएका थिए । उनीहरू छुट्टाछुट्टै कोठामा सुतेको प्रहरीको भनाइ छ । प्रहरीको टोली घटनास्थलमा पुग्दा निरोज मृत भेटिएका थिए । यस घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको