शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषभक्तपुरका ३५ विद्यालयमा ‘शून्य’ विद्यार्थी (कुन पालिकामा कति?)

भक्तपुरका ३५ विद्यालयमा ‘शून्य’ विद्यार्थी (कुन पालिकामा कति?)

भक्तपुर । उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास भइरहेको दाबी गरिएको भक्तपुर जिल्लामा ३५ वटा विद्यालयमा ‘शून्य’ विद्यार्थी रहेको देखिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार भक्तपुर जिल्लामा उक्त संख्यामा रहेका विद्यालयमा शून्य विद्यार्थी छन् ।

शून्य विद्यार्थी भएकामा केही सरकारी र बाँकी निजी लगानीमा सञ्चालित विद्यालय रहेका छन् । तथ्यांक अनुसार भक्तपुर नगरपालिकामा १, चाँगुनारायण नगरपालिकामा १२, मध्यपुरथिमि नगरपालिकामा ६ र सूर्यविनायक नगरपालिकामा १६ वटा विद्यालयमा शून्य विद्यार्थी छन् ।

शून्य विद्यार्थी भएका विद्यालयहरुमा भक्तपुर नगरपालिकाको सहिद स्मृति मावि, चाँगुनारायणको वागेहिटीमाइ प्रावि, डायमण्ड मन्टेश्वरी, ग्रामीण अपाङ्गता विशेष विद्यालय, मन्जरी मन्टेश्वरी, न्याचोपौवा प्रावि, चेतना आधारभूत विद्यालय, चाँगुनारायण प्रावि, सरस्वती इंग्लिश बोर्डिङ स्कुल, न्यू डोरेमन मन्टेश्वरी स्कुल, पिपुल्स पारागन इंग्लिश स्कुल, कृष्ण प्रावि र अमरावती मोडर्न एकेडेमी रहेका छन् ।

त्यस्तै मध्यपुरथिमिको लाइफभिजन एकेडेमी, मन्टेश्वरी किन्डरवर्ल्ड, बेबीभिल्ला मन्टेश्वरी प्रि(स्कुल, पपुलर ग्लोरी ल्याण्ड इंग्लिश स्कुल, विद्यागृह प्रिपाइमरी स्कुल र सगरमाथा इंग्लिश स्कुलमा पनि विद्यार्थी शून्य छन् ।

यस्तै सूर्यविनायक नगरपालिकामा रहेका कूल विद्यालयहरुमध्ये शून्य विद्यार्थी भएका १६ वटा विद्यालयहरुमा ड्रिमल्याण्ड मन्टेश्वरी, प्रार्थना मन्टेश्वरी, फनवर्ल्ड मन्टेश्वरी, दक्ष इन्टरनेशनल प्रिस्कुल, लालीगुराँस किड्स पाराडाइज, बेबी बन्नी मन्टेश्वरी, खेलसंसार बाल शिशु स्याहार केन्द्र, जोयल्याण्ड मन्टेश्वरी, लिटिल सोल चाइल्डकेयर एण्ड मन्टेश्वरी, ड्रिमल्याण्ड मन्टेश्वरी (ख), संगम किड्स किन्टरगार्टेन, न्यू फ्रस्टस्टेप मन्टेश्वरी, स्टार किड्स मन्टेश्वरी, किड्स एडुकेयर, विद्यापीठ पाठशाला र ड्युवेज इन्टरनेशनल प्रिस्कुल रहेका छन् ।

केन्द्रको शैक्षिक सूचना व्यवस्थापन विद्यालयहरुको शाखाले ती आइएमआइएस कोड लिएको तर विद्यार्थी संख्या र अन्य विवरण अद्यावधिक नगरेको कारण ती विद्यालयहरु शून्य विद्यार्थी देखिएका हुन् । केन्द्रले अद्यावधिक नगरेको भने पनि कतिपय विद्यालयहरु भने झोलामा सीमित रहेका र कतिपय बोर्डमा मात्र सीमित भएका शिक्षाकर्मीहरुको भनाइ छ । चाँगुपत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको