शुक्रबार, जेष्ठ १०, २०८२

22.1 C
Bhaktapur
शुक्रबार, जेष्ठ १०, २०८२
22.1 C
Bhaktapur
HomeNews Contentसमाचारनवीन स्कुलले मनायो ३३ औं वार्षिकोत्सव

नवीन स्कुलले मनायो ३३ औं वार्षिकोत्सव

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर १ दुवाकोटमा रहेको नवीन ईङ्गलिस स्कुलले ३३ औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रमलाई उदघाटन गर्दै चाँगुनारायण नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सिजन कार्कीले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेकोमा स्कुलको खुलेर प्रशंसा गरे।

उनले आफ्नो वडाको एक मात्र संस्थागत माविले उच्चवर्ग, मध्यमवर्ग र निम्नवर्ग भनेर भेदभाव नगरी, न्यून शुल्कमा गुणस्तरीय शिक्षामा अझै जोड दिन आग्रह गर्दै वडाले स्कुललाई सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले विद्यालयको भौतिक संरचनाको अभावका बाबजुद ३२ वर्ष शिक्षा क्षेत्रमा स्कुलले पुर्याएको योगदानको कदर गर्दै नयाँ भौतिक संरचनाको निर्माणसँगै ३३ औं वार्षिकोत्सव मनाएकोमा अझै प्रगतिको पथमा अघि बढोस् भन्दै शुभकामना व्यक्त गरे।

कार्यक्रममा स्कुलका प्रिन्सिपल राम निरौलाले स्कुलको प्रगति विवरण प्रस्तुत गर्दै स्कुलले देखिने गरी प्रगति गरेको बताए। उनले नयाँ स्थानमा मापदण्ड अनुसारको आवश्यक भौतिक संरचना र जग्गाको व्यवस्था गरिएको जानकारी दिए।

उनले स्कुललाई अभाब हुँदै आएको सबै चिजको व्यवस्था गरिएकाले अबको दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्न थप प्रभाबकारी ढंगले लागि पर्ने बताए। प्रिन्सिपल निरौलाले विद्यार्थीलाई स्वास्थ्य सेवा स्कुलमै उपलब्ध गराउन नर्सको व्यवस्था र १ लाख सम्मको स्वास्थ्य वीमा गर्न लागिएको जानकारी दिए। कार्यक्रममा उनले अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, गायन, संगीत र खेलकुदमा शिक्षक र प्रशिक्षकको व्यवस्था गरिएको जानकारी दिए। कार्यक्रममा विद्यालयलाई सहयोग पुर्याउने ३ जनालाई सम्मान गरिएको थियो।

कार्यक्रममा अनुशासित तथा विभिन्न विधामा उत्कृष्ट हुने विद्याद्यार्थीलाई पुरस्कृत गरिएको थियो। अभिभावक दिवसको अवसरमा कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीले आफ्नो कला गायन र नृत्य प्रस्तुत गरेर अभिभावक र अतिथिहरूलाई खुसी पारेका थिए।

स्कुलले प्ले ग्रुपदेखि कक्षा १ सम्म र कक्षा २ देखि कक्षा १० सम्म दुई चरणमा बार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम स्कुलका निर्देशक उमेश कुमार न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको