भक्तपुर । भक्तपुरको एस एस सदन माध्यमिक विद्यालयले मा साइबर सुरक्षा र किशोरकिशोरीको स्वास्थ्यबारे अभिमुखिकरण सम्पन्न गरेको छ ।
बढ्दो साइबर अपराधबाट बच्न, सूचना प्रविधिको सही प्रयोगबारे विद्यार्थीलाई जानकारी दिन र किशोरावस्थामा आउने मानसिक तथा शारिरीक परिवर्तन र त्यसले पार्ने प्रभावबारे जनाकारी दिन विद्यालयले उक्त कार्यक्रम आयोजना गरेको हो ।
जिल्ला प्रहरी कार्यालय भक्तपुर र काठमाडौं मेडकल कलेज दुवकोटको प्राविधिक सहयोगमा भएको कार्यक्रममा विद्यालयको कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएको विद्यालयका प्रिन्सिपल मुकेश योन्जनले जानकारी दिए । उनले भने, ‘विश्वमा साइबर अपराधका घटनाहरू वृद्धि भएका छन्, त्यसबाट विद्यार्थीहरुलाई टाढा राख्न विद्यालयले प्रहरीसंगको साझेदारीमा विद्यार्थीलाई अभिमखुीकरण गरिएको हो ।’

साइबर सुरक्षा सम्बन्धी अभिमुखिकरणमा जिल्ला प्रहरी परिसरमा कार्यरत प्रहरीद्वय क्रमशः प्रहरी असई संगीता कार्की र प्रहरी जवान निर्मला कार्कीले सहजीकरण गरेका थिए । उनीहरुले बढदो सूचना प्रविधिको प्रयोगसँगै विभिन्न विद्युतिय अपराधहरु बढी रहेकोमा चिन्ता व्यक्त गर्दै विद्यार्थीहरु त्यस्ता खाले अपराधममा संलग्न हुँदै गएकोमा चिन्ता व्यक्त गरे । स्कुल स्कुलमा प्रहरी कार्यक्रम अन्तर्गत विद्यार्थी साइबर अपराधका साथै लागू औषध दूव्र्यसनीविरुद्ध सचेतनामूलक कार्यक्रम गरिरहेको बताउँदै उनीहरुले नयाँ पुस्तामा बढ्दो विद्युतीय सामानहरुप्रतिको लतलाई रचनात्मक क्रियाकलापमा जोड्नुपर्ने चर्चा गरेका थिए ।
उनीहरुले अपराध न्यूनीकरणका लागि प्रहरीको मात्र नभई, नागरिक समाजको पनि सकारात्मक भूमिका हुनुपर्ने भन्दै जीवनको महत्वपूर्ण समयको रुपमा रहेको विद्यार्थीकाललाई सही सदुपयोग गर्न अनुरोध गरेका थिए ।
किशोरावस्थाको स्वास्थ्यबारे भएको अभिमुखीकरणमा काठमाडौं मेडिकल कलेजकी मेट्रोन कृष्णश्वरी दुवाल, स्त्रीरोग विशेषज्ञ डा. प्रतिज्ञा कार्की र कलेजका पब्लिक रिलेशन अफिसर प्रेम सुवालले स्वास्थ्य सचेतना र व्यवहार परिवर्तनबारे सहजीरकण गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल मुकेश योन्जन, खेल प्रशिक्षक गणेश सुकुमनी, शिक्षक तथा सञ्चारकर्मी हरिसुन्दर छुकांले पनि बोलेका थिए । कार्यक्रममा विद्यार्थीहरुले लागूपदार्थ दूव्र्यसनी, साइबर अपराध न्यूनीकरणबारे सामूहिक छलफल गरी प्रस्तुतिकरण समेत गरेका थिए ।