भक्तपुर । चाँगुनारायण नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा भक्तपुर जिल्लामै प्रथम भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायण नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गर्दै प्रथम भएको हो । चाँगुनारायण नगरपालिकाले कूल १०० अंकमा ९२.५ अंक प्राप्त गरेको छ ।
भक्तपुर जिल्लामा मध्यपुर थिमी नगरपालिकाले ९१ अंक प्राप्त गदै दोस्रो, सूर्यविनायक नगरपालिकाले ९०.५ अंक प्राप्त गर्दै तेस्रो र भक्तपुर नगरपालिकाले ८९ अंक प्राप्त गर्दै तेस्रो बनेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन गर्दै आएको छ । यससम्बन्धी विस्तृत चाँगुपत्र साप्ताहिकको फागुन ५ को अंकमा पढ्न सक्नुहनेछ ।