शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentअर्थ‘नगरकोट आउनुस् : ढुक्कसँग खानाखाजा खानुस्’

‘नगरकोट आउनुस् : ढुक्कसँग खाना\खाजा खानुस्’

भक्तपुर । नगरकोट भ्रमण वर्ष २०८२ लाई मध्यनजर गरि नगरकोटका होटल व्यवसायीहरुलाई फुड सेफ्टीबारे अभिमुखीकरण गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजना तथा नाल्दुम पर्यटन विकास समितिको सहआयोजनामा उक्त अभिमुखीकरण गरिएको हो ।

नगरकोट आउने पर्यटकहरुको निम्ति गुणस्तरीय सेवा र सुरक्षित खानाबारे एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धनबहादुर लामाले बताए ।

नगरकोटको होटल मेरीगोल्डमा सम्पन्न सो अभिमुखीकरणमा नगरकोट क्षेत्रका होटेल रेस्टुरेन्टका व्यवसायी तथा मजदुरहरु सहभागी थिए । सहभागीहरुले नगरकोट आउने पर्यटकहरुलाई स्वच्छ र स्वस्थ अनि सुरक्षित खाना र खाजा खुवाउनका लागि उक्त अभिमुखीकरण लादायक भएको बताए ।

उनीहरुले भने, ‘नगरकोट आउनुस् : ढुक्कसँग खाना/खाजा खानुस्’ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको