भक्तपुर । भक्तपुरमा भएको एकल गायन प्रतियोगिता भएको छ । उक्त प्रतियोगिता नेसनल प्याव्सन भक्तपुरको कार्यक्रमअन्तर्गत संस्कार गुरूकूलको आयोजनामा भएको हो ।
गत माघ २७ गतेका दिन भएको प्रतियोगिताको आधारभूत तहमा ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम र माध्यमिक तहमा पनि ईडेन गार्डेनकी सुप्रिया प्रधान प्रथम भएका छन् ।
नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरु बीचमा प्रतिस्पर्धा भएको उक्त एकल गायन प्रतियोगिताको आधारभूत तहमा मदरल्याण्ड स्कुलको सविन गुइदे द्धितीय, ऋतम्भरा स्कुलकी साकिरा लामा तृतीय र रुबी भ्यालीकी एन्जल मोक्तान सान्त्वना भइन् ।
त्यस्तै माध्यमिक तहको स्पर्धामा विमल मेमोरियल विद्यापीठकी अनु वादी द्धितीय, रूबी भ्यालीको यूजेन लामा तृतीय र पारिजात विद्याकुन्जको असिम थापा सान्त्वना भएका थिए ।
निर्णायक मण्डलमा मित्र केसी, कृष्णराम खत्री र गोपाल पहाडी रहेको गायन प्रतियोगितामा प्रमुख अतिथि नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्का रहेका थिए । उनले आफ्ना सदस्य विद्यालयमा अध्ययनरत हरेक तहका विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभा प्रस्फुटनका लागि विविध कार्यक्रम गर्दै आएको जानकारी दिए ।
प्रमुख अतिथि खड्काले विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्दै विद्यार्थीको क्षमता उजागर गर्ने प्रतियोगितात्मक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा सदस्य विद्यालयलाई संस्थाको तर्फबाट कृतज्ञता व्यक्त गरेका थिए ।
आयोजक विद्यालय संस्कार गुरूकूलका संस्थापक प्रिन्सिपल अमन हितागंले आफ्नो विद्यालयलाई नेसनल प्याव्सन भक्तपुरले कार्यक्रम आयोजना गर्ने जिम्मा दिएकोमा संस्थाप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि विभिन्न क्रियाकलाप सञ्चालन गर्ने बताए ।